थाङपालकोट र भोताङमा फोहोर मैला व्यवस्थापन केन्द्र उद्घघाटन


जनतापत्र ।

फोहोर मैला व्यवस्थापन केन्द्र उद्घाटन गरिएको छ । निर्माण भएका फोहोर मैला व्यवस्थापन केन्द्र थाङपालकोट र भोताङमा बुधबार फरक फरक समारोहका विच उद्घाटन कार्य भएको हो ।
ग्रामीण समाज कल्याण संघ आर्सो नेपालले टिजिएच नेपाल संगको साझेदारीतामा सो कार्य भएको हो । थाङपालकोट फोहोर मैला व्यवस्थापन केन्द्रको उद्घाटन पाँचपोखरी थाङपाल गाउपालिका वडा नं ४ का वडा अध्यक्ष कुलबहादुर बस्नेतले गरेका हुन् । त्यस्तै भोताङ फोहोर मैला व्यवस्थापन केन्द्रको उद्घाटन भने वडा नं ३ का वडा अध्यक्ष ङिमा छिरिङ तामाङद्धारा गरिएको हो ।

सो उद्धघाटन कार्यक्रममा वडामा क्रियाशिल प्रमूख राजनीतिक दलका प्रतिनिधीहरु, जनप्रतिनिधीहरु, विद्यालय, सुरक्षा निकाय र अन्य सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।
उद्घाटन सत्रमा फोहोर मैला व्यवस्थापन केन्द्रको दिगो र प्रभावकारी व्यवस्थापनको लागि स्थानीय समुदायको सकृयता र स्थानीय सरकारको अगुवाई रहनुपर्ने कुरा औल्याइएको थियो ।

कार्यक्रमलाई सम्बोधन गदै प्रमूख अतिथी वडा अध्यक्ष द्धय कुल बहादुर बस्नेत र ङिमा छिरिङ तामाङले उक्त फोहोर मैला व्यवस्थापन केन्द्रको व्यवस्थापनको जिम्मा वडा कार्यालयले लिने र स्थानीय समुदायमा जनचेतना अभिबृद्धि गर्दै सरोकारवाला निकायहरुको समेत सहकार्यमा नमुनाको रुपमा व्यवस्थापन गरि स्थानीय सरसफाईमा जोड दिने बताए ।

पाँचपोखरी थाङपाल गाउपालिका आफैमा उत्कृष्ट पर्यटकिय स्थल हो । परियोजना संयोजक हर्क तामाङले फोहोर मैलाको समुचित व्यवस्थापन गरी पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्न र हरेक खोला खोल्साहरु पिउन योग्य पानीको श्रोत रहेकोले उक्त खोला खोल्सा एबं मुहानहरुला
ई फोहोर मैला रहित बनाउने, सार्वजनिक स्थल, हरेक घर र टोलबस्तीलाई फोहोर मैला मुक्त वनाई स्थानीय वातावरणको संरक्षण र सरसफाई प्रवद्र्धनमा योगदान पु¥याउने हेतुले पाँचपोखरी गाउँपालिकाको निति बमोजिम वडा नं ३ भोताङ, वडा नं ४ कोट, वडा नं ५ गुन्सा र वडा नं ६ टारमा एक एक वटा व्यवस्थित फोहोर मैला व्यवस्थापन केन्द्र निर्माण गरिरहेको जनाए ।

 264 total views,  2 views today

Related posts