प्रहरीद्धारा अपाङ्गता भएका व्यक्ति र बिद्यार्थीलाई निर्घात कुटपिट


जनतापत्र, चौतारा ।
सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका ४ मा प्रहरीले एक अपाङ्गता भएका व्यक्ति सहित बिद्यार्थिलाई निर्घात कुटपिट गरेको छ । स्थानिय बोल्न नसक्ने बासु खड्का, गणेश मा.वि. का विद्यार्थी राजु खड्का सहित निर्मल खड्का र हरिसरण खड्कालाई प्रहरीले निर्घात कुटपिट गरेको हो । स्थानिय पसल चोरी गरेको आरोपमा सुनखानी चौकीबाट गएको प्रहरीहरुले उल्लेखित व्यक्तिहरुलाई पक्राउ गरी चौकीमा लगेर चोरी कबुल गर भन्दै निर्घात कुटपिट गरेको निर्मल खड्काले बताए । उनले भने, दुइ घण्टा निरन्तर कुटपिट गरे र बेलुकी ५ बजे छोडिदिए । आफुहरु निदोर्ष रहेको भन्दै हिरासतमा रहेको बेला निर्घात कुटपिट गर्ने प्रहरी बिरुद्ध कानुनी उपचार खोज्न जिल्ला अदालतमा आएका हुन् । उनीहरु प्रहरी बिरुद्ध उजुरी दर्ता गर्न मानवअधिकारवादीहरुको सहयोग समेत मागेका छन् ।

 6,657 total views,  2 views today

Related posts