अपाङ्गता दिवसमा पुनःस्थापना सेवा

संगिता वुढाथोकी, इन्द्रावति ।
समावेशी विकासका लागि रुपान्तरित समाधान,पहुँचयुक्त समातामुलक विश्वका लागि उर्जावान सिर्जनशिलता प्रवाधान भन्ने मुल नाराका साथ ३१ औं अन्तरराष्ट्रिय अपाङ्गता दिवस इन्द्रावति गाँउपालिकामा सम्पन्न भएको ।
शुक्रवार, स्वास्थ्य तथा सामाजिक सुरक्षामा अपाङ्गता भएका महिला तथा वालवालिकाहरुको पहुँचमा सहजिकरण परियोजना अन्तर्गत फिजियोथेरापी तथा पुनःस्थापना विकेन्द्रीत क्याप्प मार्फत ३८ जना अपाङ्गता भएका व्यक्तिहरुलाई फिजियोथेरपी सेवा र अपाङ्गता सहायता सामाग्री हस्तान्तरण गरिएको छ ।


इन्द्रावति गाँउपालिका भित्रका अपाङ्गता भएका व्यक्तिहरुको सहभागितामा अपाङ्गता अधिकार र कानुनी सचेतनावारे समेत अन्तरसंवाद भएको थियो । सो गाँउपालिकाको उपाध्यक्ष सोभना तामाङको अध्यक्षतामा संचालित कार्यक्रममा अपाङ्गताको सवाल र योजनाको विषयका छलफल गरिएको थियो । कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा ,वडाअध्यक्षहरु लगायतको उपस्थीति रहेको थियो ।
सो कार्यक्रमको संयोजन तथा सहजिकरण सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्चले गरेको थियो । सो कार्यक्रमको संचालन पालिका स्तरिय अपाङ्गता संजालका अध्यक्ष आकाश शाहले गरेका थियो ।
कार्यक्रममा पालिकाका १ सय भन्दा वढी अपाङ्गता भएका व्यक्तिहरुको उपस्थीति रहेको सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्चका लेखा तथा प्रशासन अधिकृत सुशिल थापाले वताए । उनले आइतवार अपाङ्गता दिवस उपलक्षमा चौतारामा पनि फिजियोथेरापी सेवा , अपाङ्गता सहायता सामाग्री वितरण र सवालगत अन्तरसंवाद कार्यक्रम हुने जानकारी दिए ।

 6,027 total views,  2 views today

Related posts