बहुमुखी क्याम्पसमा वक्तृत्वकला प्रतियोगिता


जनतापत्र, चौतारा ।
सामुदायिक बिकास तथा वातावरण संरक्षण मञ्च सिन्धुपाल्चोकको प्रायोजन र चौतारा बहुमुखी क्याम्पसको आयोजनामा अपाङ्गतालाई सम्मान, मानवताको पहिचान भन्ने बिषयमा वक्तित्वकला कार्यक्रम सम्पन्न भएको छ । क्याम्पसको उपप्रमुख जस्मीन लामाको प्रमुख सभापतित्व र सामुदायिक बिकास तथा वातावरण संरक्षण मञ्च सिन्धुपाल्चोककोका प्रतिनिधि हरि तिमल्सिना बिशेष आतिथ्यता रहेको थियो । सो सस्थांले अपाङ्ग दिवसको अवसर पारेर सो कार्यक्रम गरेको हो । कार्यक्रममा बोल्दै तिमल्सिनाले अपाङ्ग भएका व्यक्तिलाई माया, सद्भाव गरेर उनिहरुको हक हितमा बोल्नु पर्ने र उनिहरुको सम्मान गर्नुपर्ने बताए । सो प्रतियोगितामा प्रमिला बि.क प्रथम, रिया खत्री द्धितिय र कोपिला श्रेष्ठ तृतिय भएकी छिन् । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेलाई उचित पुरस्कारको समेत व्यवस्था गरिएको थियो ।

 7,904 total views,  2 views today

Related posts