
जनतापत्र, चौतारा ।
जुगल गाँउपालिकाको आयोजना र प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको आयोजनामा आठ दिवशिय मेलमिलाप सम्वन्धी तालिम संचालन भइरहेको छ । माघ ३ गतेवाट संचालन भएको तालिममा विभिन्न प्रशिक्षकहरुले सहजिकरण गरिरहेका छन् । सोहि सन्दर्भमा प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालका कार्यकारी निर्देशक चुपवहादुर थापाले सामुदायका हरेक विवाद मिलाउले मेलमिलाप कर्ता उत्पादन गर्ने जुगल पालिका प्रति आभार व्यक्त गरेका छन । प्रशिक्षणको सिलसिलामा उनले भने तन फाटेकालाई डाक्टरले सिलाएर निको पारे झै ,मन फाटेकालाई मेलमिलाप कर्ताले निको पार्ने वताए । मेलमिलाप कर्ताको काम विवाद मिलाउने मात्रै होइन पालिकाका सवैलाई धनि वनाउने पनि हो ।
उनिले भनेका छन -पालिकाको समृद्धिमा मेलमिलाप कर्ताको भूमिका उच्च रहने छ । हरेक परिवारमा आम्दानीका पाइपहरु वढाउने र अनावस्यक खर्चका पाइपहरु वन्द गर्ने तरिकाको सहजिकरण मेलमिलाप कर्ताले गर्नपर्ने वताए ।
सो तालिममा जुगल गाँउपालिकाका २५ जना भन्दा वढी सहभागीलाई थापा सहित नेत्र धिताल, रमिला हुमागाई, टीका सुवेदी , सुरज ढकाल लगायतले सहजिकरण गरिरहेका छन ।

1,982 total views, 2 views today