
जनतापत्र, चौतारा ।
आगामी चैत ४ गते मेलम्चीमा नेकपा एकीकृत समाजवादी सिन्धुपाल्चोकले प्रथम जिल्ला सम्मेलन गर्ने भएको छ । सुकुटेमा पाँचौ पूर्ण बैठक सम्पन्न भएको छ । सो बैठकले समाजवादीको केन्द्रीय नीति अनुसार प्रथम जिल्ला सम्मेलन गर्ने बताएको हो ।
जिल्ला अध्यक्ष नवराज पौडेलले सम्मेलनलाई भव्यतापुर्वक सम्पन्न गराउनका लागि त्यसअघि जिल्लाभर विभिन्न कार्यक्रमहरु गर्ने समाजवादीको बैठकले निर्णय गरेको बताएका हुन् ।
अध्यक्ष पौडेलले समाजवादीले माघ मसान्तभित्र सबै वडामा भेला गरेर संगठीत सदस्यता अध्यावधिक गर्ने, फागनु १५ भित्र सबै पालिकाहरुको भेला गर्ने, फागनु २६ गते जिल्ला सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरुको छनोट गर्ने लगायत बैठकले निर्णय गरेको बताए ।
जिल्ला सम्मेलन केन्द्रीय पार्टीको योजनाहरु लिएर १२ पालिकामा नै खटिने नेताहरुको समेत बैठकले कार्यविभाजन गरेको छ ।
हेलम्बु गाउँपालिकामा विनोद खनाल, गोविन्द विक, मेलम्ची नगरपालिकामा नानीराम चौलागाई, गोविन्द विक, इन्द्रावती गाउँपालिका केशव सापकोटा, रामजी थापा, पाँचपोखरी थाङपाल गाउँपालिका काजी सुनार, हेमबिक्रम थापा, चौतारा साँगाचोकगढी नगरपालिका यमबहादुर महत, दिपक नेपाल,जुगल गाउँपालिका अनिल श्रेष्ठ, सीता थापा, बलेफी गाउँपालिकाका नवराज पौडेल, नरेन्द्र खडका, सुनकोशी गाउँपालिका शिव न्यौपाने, डिएन पराजुली, लिसंखुपाखर गाउँपालिका अनिता लामा,
शम्सेर शाक्य, त्रिपुरसुन्दरी गाउँपलिका लीला श्रेष्ठ, चन्द्रसिं मोक्तान, भोटेकोशी गाउँपालिका छिरीङ शेर्पा, लीला श्रेष्ठ र बाह्रविसे नगरपालिकामा नारयण लामा र भुपेन्द्र लामालाई जिम्मेवारी प्रदान गरिएको छ ।
826 total views, 10 views today