पालिका स्तरीय भलिबल प्रतियोगिता ऐसेलुखर्कमा


जनतापत्र, इन्द्रावति ।
शिक्षकहरुको पालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधी राजेश्वरी माध्यमिक विद्यालयले आफ्नो हात पारेको छ । नेपाल शिक्षक संघ इन्द्रावती गाउँपालिकाको आयोजना गमा भएको फाइनल खेलमा राजेश्वरी माध्यमिक विद्यालय ले इन्द्रावती –५ को श्री ऐसेलुखर्क माध्यमिक विद्यालयलाई सोझो सेटमा हराएर उपाधी आफ्नो बनाएकोे हो ।
श्री ऐसेलुखर्क माध्यमिक विद्यालयले दोस्रो स्थानमा कब्जा जमाएको छ । राजेश्वरीले शिक्षक भलिबलको उपाधी संगै कप ,मेडल र प्रमाणपत्र पाएको छ । ,दास्रो हुने टिमले पनि मेडल प्रमाणपत्र प्राप्त गरेको छ । सो प्रतियोगितमा ९ ओटा विद्यालयले सहभागीता रहेको थियो । ऐसेलुखर्क माध्यमिक विद्यालयको प्राङ्गणमा भएको थियो।

 77 total views,  6 views today

Related posts