सियाले खोलामा झोलुङ्गे पुल निर्माण


जनतापत्र, सुनकोशी ।
सियाले खोलामा झोलुङ्गे पुल निर्माण कार्य सुरु हँदा स्थानिय खुसी भएका छन् ।
सुनकोशी गाउँपालिका वडा नम्बर ३ र ४ मा रहेको सियाले खोलामा चालु आर्थिक वर्ष भित्रै निर्माण सम्पन्न हुने गरेर गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले शिलन्यास गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले सुनकोशी ३ को पुरानागाउँ र ४ को भिरकुले बस्ती जोड्ने पुल जम्मा ९६ मिटर लामो हुने बताए ।
५६ लाख ७८ हजार १३७ रुपियाँको लागतमा निर्माण हुने झोलुङ्गे पुल
का लागि आवश्यक पर्ने स्टील पार्टसको १५ लाख ४
७ हजार ४८५ रुपियाँमा ठेक्का सम्झौता भएको छ । अन्य निर्माण कार्य भने उपभोक्ता समिति मार्फत हुने गाउँपालिकाका इन्जिनियर बद्री भुजेलले जानकारी दिए । पुल शिलन्यास कार्यक्रममा गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले निर्धारती समय भित्रै पुल निर्माण सकेर स्थानीयलाई सहज रुपमा आवतजावत गर्ने व्यवस्था मिलाउनका लागि आग्रह गरेका छन् ।

 242 total views,  2 views today

Related posts