हेलम्बुमा श्रीमद्भागवत ज्ञान महायज्ञ गरिने


जनतापत्र, हेलम्बु ।
हेलम्बुमा श्रीमद्भागवत ज्ञान महायज्ञ आयोजना हुने भएको छ । धार्मिक तथा पर्यटन प्रवर्द्धनार्थ उक्त कार्य हुन लागेको हो ।
हेलम्बु गाउँपालिका २ चुरेटारमा अवस्थित मणिकण्ठेश्वरी देवि मन्दिर पुननिर्माण पनि हुन लागेको छ । सोहि अवसरमा गाउँपालिकाको धार्मिक तथा पर्यटन प्रवर्द्धनार्थ श्रीमद्भागवत ज्ञान महायज्ञ संचालन हुने भएको हो । चुरेटार देवि मन्दिरमा हुने यज्ञको बारेमा
हेलम्बुको पर्यटकियस्थल ग्रेट ट्रेल घोप्टेघ्याङमा पत्रकार सम्मेलन आयोजना भएको थियो । सो कार्यक्रममा गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा, वाचन प्रबिण पण्डित दिनबन्धु पोखरेल , पण्डित नवराज भट्टराई लगायतले यज्ञले सबै धर्मलाइ जोड्ने बताए । अध्यक्ष शेर्पाले धार्मिक पर्यटनको माध्यमबाट हेलम्बुलाइ चिनाउने प्रयासमा पालिका रहेको र हिन्दु तथा बौद्ध लगायत धर्मावलम्वीलाई यज्ञमा सहभागि गराई उक्त सन्देस
नेपालभर पुर्याउने जानकारी दिए ।

 500 total views,  6 views today

Related posts