
जनतापत्र, इन्द्रावति ।
आधारभूत पत्रकारिता तालिम नवरपुरमा सुरु भएको छ । इन्द्रावती गाउँपालिकाको आर्थिक सहयोग तथा रेडियो मेलम्चीको आयोजनामा सो तालिम सुरु भएको हो ।
तीनदिने दिन सम्म चल्ने तालिम गाउँपालिकाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पक्षको उजागर तथा गाउँपालिकाका उपलब्धि तथा गतिविधि सम्प्रेषण गर्ने उद्देश्यले आयोजना गरिएको हो ।
इन्द्रावती गाउँपालिकाका अध्यक्षका सल्लाहकार सुनिल तामाङले तालिममा गाउँपालिका भित्रका १२ वटै वडाका प्रतिनिधिहरुको सहभागीता रहेको जानकारी दिए ।
रेडियोका स्टेशन म्यानेजर देवराज सुवेदीले तालिमको रेडियो मेलम्चीका अध्यक्ष पत्रकार डम्बर रसिक भारती, धुर्व दंगाल लगायत रेडियो मेलम्चीका अन्य प्रतिनिधिले सहजीकरण गर्ने बताए ।
जिल्लामा क्रियाशिल पत्रकारहरुको उदाहरण दिदै सक्रिय हिसाबले यस क्षेत्रमा लाग्न कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले आग्रह गरे ।
उहाँले वडामा रहेर पालिका तथा वडा मार्फत भएगरेका कामका बारेमा समाचार संकलन गरि प्रकाशन गर्न आग्रह गर्दै गाउँपालिकाबाट हुने सहयोगमा कमि हुन नदिने बताए ।
240 total views, 4 views today