चौतारादेखि काठमाडौं रुटको भाडा २८६ बाट २७४


जनतापत्र, चौतारा ।
बागमती प्रदेशमा चल्ने सार्वजनिक यातायातको भाडा कम भएको छ ।
नेपाल आयल निगमले डिजेलको भाउ घटाएको ९ दिनपछि बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले भाडा घटाएको हो ।
मन्त्रालयले नयाँ भाडादर राजपत्रमा प्रकाशित गरेसँगै काठमाडौं उपत्यकाभित्र ५.९ प्रतिशत, उपत्यकाबाहिर छोटो दूरीका सार्वजनिक सवारीमा ४.१८ प्रतिशत र मालवाहक सवारीसाधनमा ५६९ प्रतिशतले भाडा घटाएको छ । मन्त्रालयका सचिव अस्मान तामाङका अनुसार नयाँ भाडादर राजपत्रमा प्रकाशित भइसकेकाले आजदेखि लागू हुन्छ।
यस्तै, बाह्रविसे काठमाडौं ३०८ बाट २९५, मेलम्ची काठ
माडौं २७३ बाट २२८ कायम हुँदा चौतारा काठमाडौं रुटको भाडा २८६ बाट २७४ रहेको छ ।

 4,358 total views,  4 views today

Related posts