दुर्घटनामा दुई अखिल नेताको निधन


जनतापत्र, चौतारा ।

सिन्धुपाल्चोकका अखिलका दुइ नेताको निधन भएको छ । मेलम्चीबाट सांगठनिक काममा बाह्रविसे जाने क्रममा बलेफीमा अनेरास्ववियु सिन्धुपाल्चोकका सहसंयोजक नविन पाण्डे र जिल्ला कमिटि सदस्य समिर दोङको मोटरसाइकल दुर्घटनामा निधन भएको हो ।
खाडीचौरबाट आएको तेल ट्याङ्करले बाह्रबिसे जादै गरेको बा ०२ ०३१ प ५९७६ मोटरसाइकल ठक्कर दिदा मोटरसाइकल सवार दुई जनाको निधन भएको हो ।
टयाङकर र चालकलाई बनदेउ प्रहरीले नियन्त्रणमा राखेको छ ।

 20,230 total views,  2 views today

Related posts