“जोगियो सत्तरी हजार”

ओम तामाङ्ग,

म रामप्रसाद सापकोटा विहानै ६ बजे उठेर झोला भिरेर अफिसमा हिँडे, किनकी चोकटीमा शिविरको लागि औषधी लगेर जानु थियो । डाइभर शेखर भाईलाइ फोन गरेँ र अर्जुन दाइ, शेखर भाइ र म मिलेर अफिसमा भएको औषधी लोड ग¥यौँ र ठिक सात बजे अफिस बाट चोकटी प्रस्थान ग¥यौँ । शेखर भाइ र म सुनकोशी खोला तरेर अगाडी बढिरहेका थियौँ, त्यतिकैमा दिनेश दाहाल जी ले मलाइ फोन गर्नुभयो
“ओम सर लाटुमा एउटा सिरियस केस आयो, व्याउने भैँसीको भडालो फक्र्यो, के गर्ने ?”, हिजो राती देखि त्यस्तो भएको रहेछ, हामीले के गर्न सकिन्छ कि सकिदैँन ? भनेर सोध्नुभयो । मैले अचानक केहि निर्णय गर्न सकिनँ । मैले शिविरमा परिचालन गर्ने प्राविधिक बद्री भट्टराई सर र तम्बर सरलाई सोधेर फोन गर्छु भने । तम्बर सर र बद्री जीलाई सम्पर्क गरेर हामीले त्यो केस हेर्न सकिन्छ कि सकिँदैन भनेर सोधेँ, बद्री जीबाट सकिन्छ भन्ने कुरा आएपछि उहाँलाई मैले लाटुको त्यो केस हेर्न खाटाएँ । बद्रीजीले त्यहाँ पुगेर पशु सेवा केन्द्र बाह्रविसेका इन्चार्ज अमित घिमिरेसँग समन्वय गरेर औषधी उपचार गर्नुभयो,
भैँसीको भडालो बाहिर निस्किएको अवस्थालाई पुर्ण रुपमा निको भयो र भैँसी नियमित रुपमा फर्कियो । त्यसपछि हामी नियमित रुपमा शिविरको काममा परिचालित भायौँ । साँझ ५ बजे फेरी फलो अपको लागि लाटु पुग्यौँ बद्रीजीले एक सिरिञ्ज दिएर भैँसीको मालिकलाई थप सल्लाह तथा परामर्श गरि हामी सबैजना चोकटी फर्कियौँ ।
“मैँले भैँसी मायाँ मारिसकेको थिएँ, बाह्रविसे पशु सेवा केन्द्रबाट प्राविधिक बोलाएको थियो, त्यो केस १ जनाले मात्र हेर्न निकै गाह्रो थियो, ग्रामीण महिला सिर्जनशीलले प्राविधिकको व्यवस्थापन गरेर मेरो भैँसीको उपचार गरिदिदिनुभयो, मेरो ७०००० को सम्पत्ति नोक्सानीबाट बचाइदिनुभयो । त्यसैले म ग्रामीण महिला सिर्जनशील प्रति एकदमै आभारी छु, र धेरै धेरै धन्यबाद दिन चाहान्छु ।”

 

 540 total views,  2 views today

Related posts