सिर्जनशिलले गरेको कार्यमा पत्रकारको अनुगमन

 

जनतापत्र संवादाता
ग्रामिण महिला सिर्जनशिल परिवारले सुनकोशी गाउपालिका ३ कालिकामा विभिन्न सेवा मुलक काम गर्दै आएको छ । संस्थाले सो गाउमा जिविकोपार्जन तथा व्यवसायिक , खानेपानी तथा सरसफाई,सहकारीहरुमा स्थानीय समूदायहरुलाई सहयोग गर्दै आएको छ । जिविकोपार्जन तथा व्यवसायिक तर्फ स्थानीयहरुलाई धानचुट्ने, मकै छोडाउने ,कोदो चुट्ने मिसिन उपलव्ध गराएको छ ।  सो वडामा ३ वटा स्थानमा सो सामाग्री उपलन्ध गराएको स्थानीय नेत्र वहादुर खड्काले वताए । उनी भन्छन ति समाग्रीको प्रयोगले स्थानीयको दैनिक कार्यमा सहयोग पुगेको छ । मिसिनको सहयोगमा एक घण्टामा ४ मुरी मकै छोडाउन सकिन्छ । त्यसै गरि खानेपानी तथा सरसफाई तर्फ विद्यालय तथा स्थानीय समूदायलाई वालमैत्रि धारा निर्माणमा सहयोग गरेको छ । पानीको समस्या वाट ग्रसित समुदायलाई पानी ट््याङकीको निर्माण समेत गरेको छ । जसकारण स्थानीयहरुले नजिकैको धारावाट सफा तथा सुद्ध खानेपानी प्राप्त गर्न सक्ने छन । संस्थाले खुल्ला दिशा मुक्त अभियान पनि संचालन गरेको छ ।
संस्थाले स्थानिय दुग्ध व्यवसायलाई लक्षित गरी दुग्ध चिस्यान केन्द्रको पनि प्रवन्ध गरेको छ । स्थानीय जनकल्याण दुग्ध उत्पादन सहकारी संस्था लिमिटेडका अध्यक्ष हेमकान्त प्याकुरेल भन्छन । यस दुग्ध संस्थामा पहिला चिसाउने कुरा नहुदा दुध फाट्ने र किसानहरु मर्कामा पर्ने गरेका थिए । अहिले संस्थाले चिसाउने मिसिन दिएपनि त्यो समस्या हल भएको छ ।
त्यसैगरी सिर्जनशिलले  कालिका वचत तथा ऋण सहकारी संस्थालाई २ लाख अनुदान दिएको छ । सो सहकारीका व्यवस्थापक नारायण पराजुलीका अनुसार सो रकम स्थानीय स्थरमन रहेका सिर्जनशिलले तोकेका व्यक्तिहरुलाई सहकारीको समुन्वयमा सहुलियत व्यजदरमा ऋण प्रवाह गर्ने गरेको छ ।

ग्रामिण महिला सिर्जनशिल परिवारले पत्रकार सहितको २ दिने अनुगमनको शिलशिलामा वडा अध्यक्ष रामहरी खड्काले भने संस्थाको गतिविधी पारदर्शि र सेवामुलक छ । अव यसलाई कसरी दिगो वनाउने भन्ने विषयमा सोचिनु पर्दछ । संस्थाका कार्यक्रम अधिकृत राजू विकले भने स्थानीयको आवस्यकताको आधारणमा हाम्रा कार्यक्रम संचालित छन । स्थानीयको सहयोग पाए अझ धेरै कार्यक्रम संचलन गर्न सकिन्छ ।

 250 total views,  2 views today

Related posts