सिन्धु अखिल अभियान तीब्र

जनतापत्र संवाददाता
अनेरास्ववियु सिन्धुपाल्चोक जिल्ला कमिटिले आफ्नो अभियान लाई तिब्र बनाएको छ । माघ १३ गते मेलम्चीमा सम्पन्न सचिबालय बैठकले अभियान चलाउने निर्णय पश्चात आफ्नो अभियान तीब्र बनाईएको जिल्ला सचिब रबि भण्डारीले जानकारी दिए ।
उक्त बैठकले सिन्धु विद्यार्थी जागरण अभियान सन्चालन गर्ने र फागुन ४ गते बस्ने बैठकले जिल्ला सम्मेलनको सन्दर्भमा निर्णय लिने बुझिएको छ । त्यस अन्तर्गत जिल्ला भित्र रहेका सबै नगरपालिका कमिटी र गाउँ पालिका कमिटि क्याम्पस ं२ र माबी कमिटी गठन गरिएको छ जस अन्तर्गत १५ गते हेलम्बु गाउँ पालिका कमिटिले आफ्नो बैठक सम्पन्न गर्दै भाबी कार्ययोजना तयार गरेको छ ।
त्यस्तै इन्द्रावती क्याम्पस मेलम्चिले सम्मेलन गर्दै कमला आचार्यको अध्यक्षतामा जलबिरे क्याम्पसले तारा थापाको अध्यक्षतामा ठोकर्पा क्याम्पसमा सङ्गिता बुढाथोकीको नेतृत्व लिएका छन । अरनिको क्याम्पस बाह्रबिसेमा सुरेन्द्र तामाङको अध्यक्षतामा क्याम्पस कमिटीको सम्मेलन सम्पन्न भएको अनेरास्ववियु सिन्धुपाल्चोकले जनाएको छ
अनेरास्ववियु सिन्धु भ्याली क्यम्पसले आइतबार दोस्रो क्यम्पस सम्मेलन क्याम्पस कमिटीका अध्यक्ष ऋषिराम चौलागाईको अध्यक्षतामा र अनेरारास्वबियु जिल्ला सचिब रवि भण्डारीको प्रमुख अतिथ्यतामा सम्पन्न गर्दै गोकुल दंगालको नेतृत्वमा नयाँ नेतृत्व चयन गरेको छ

 868 total views,  2 views today

Related posts