नीजि आवास पुर्ननिमाण सम्पन्न गर्नेलाई प्रमाणपत्र

अधिकाँस घरहरु इन्टर लक प्रयोग गरि वनाएको

वलेफी गाँउपालिका वडा न ८ ले नीजि आवास पुर्ननिमाण सम्पन्न गरेको छ । शुक्रवार सो वडाले नीजि आवास पुर्ननिमाण सम्पन्न गरेको घोषणा गरेको हो ।
६३१ लाभग्राही रहेको सो वडामा ९४ प्रतिशत आवास पुर्ननिमाण सकिएको छ । अधिकाँस घरहरु इन्टर लक प्रयोग गरि आधुनीक घर निर्माण गरिएको वडा अध्यक्ष चरी वहादुर तमाङ्गले वताएका छन । वडा सवै घरले तेस्रो किस्ता लिइसकेको र केहीले मात्र दोस्रो किस्ता लिएर तेस्रो किस्ताको लागी फ्रम भरेको समेत वताएका छन ।
आवास पुर्ननिमाण सकिएका लाभग्राहीहरुलाई प्रमाणपत्र वितरण कार्यक्रममा वोल्दै प्रमुख अतिथी तथा प्रदेश संसद सरेश नेपालले राष्ट्रिय पुर्ननिमाण अभियानमा वलेफी गाँउपालिका वडा न ८का जनताले महत्वपुर्ण योगदान गरेकोमा वधाई ज्ञापन गरेका छन । उनले पुर्ननिमाण अभियान सकिए पछि आर्थिक समृद्धीको अभियान लाग्न सवैमा आग्रह गरेका छन ।
कार्यक्रमका विशेष अतिथी तथा वलेफी गाँउपालिकाका अध्यक्ष केदार क्षेत्रीले वलेफी गाँउपालिकामा पुर्ननिमाण अभियान तिव्र रुपमा अगाडी वढेको वताए । उनीले वडा नं ८ को पुर्ननिमार्ण अभियानले उच्च प्रकारको गति लिएको वताउदै सवै वडाहरुलाई यसरी नै अगाडी वढ्न अनुरोध गरे ।
कार्यक्रममा ४१४ जनालाई नीजि आवास पुर्ननिमाण सम्पन्न गरेको प्रमाणपत्र वितरण वितरण गरिएको थियो ।

 162 total views,  2 views today

Related posts