अपराध सम्बन्धी उजुरी धेरै

सिन्धुपाल्चोकमा जिल्ला प्रहरी कार्यालयमा अपराध सम्बन्धी उजुरी बढेको छ । गत आर्थिक वर्ष ०७४ र ७५ मा विभिन्न प्रकृतिका १३ सय ३० घटनाहरु दर्ता भएका छन । सो उजुरीहरु मध्ये १२ सय ४६ घटनाहरुमा दोषीलाई कारवाही भएको डीएसपी जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ‘अब गत आवको जम्मा ८४ थान उजुरी मात्रै बाँकी छ ।
प्रहरी कार्यालयमा गत आवमा सबैभन्दा बढी शान्ति सुरक्षा कायम गरी पाउँ भन्दै ६ सय उजुरी दर्ता भएका थिए, ती मध्ये ५ सय ७५ उजुरी उपर कारवाही गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरिकृष्ण खत्रीले जानकारी दिए ।
शान्ति सुरक्षापछि महिला हिंसा सम्बन्धी उजुरी बढी आएका छन् ।

श्रीमान, सासु, ससुरा लगायतका हिंसा गरेको भन्दै ४३५ उजुरी प्रहरी कार्यालयमा आएका थिए ।गाली बेइज्जतीका ७५ र कुटपिटको ९५ उजुरी प्रहरी कार्यालयमा आएका थिए । जग्गा विवाद सम्बन्धी उजुरी पनि प्रहरी कार्यालयमा आउने गरेको छ ।

गत आवमा एक सय २५ उजुरी जग्गा विवाद सम्बन्धी आएको थियो । ११५ उजुरीलाई सम्बन्धीत पक्षसँग बसेर मिलापत्र गराएको प्रहरी निरीक्षक खत्रीले बताए ।

 1,224 total views,  2 views today

Related posts