सिन्धुमा कोरोना संक्रमितको संख्या ३५ पुग्यो

जनतापत्र संवाददाता ।

सिन्धुपाल्चोक जिल्लामा थप ३ जनामा कोरोना भएको पुष्टी भएको छ । स्याजा भिरकोटवाट असार नौ गते आएर इन्द्रावती गाउँपालिकाको भिमेश्वरी माविको क्वाराइटाइनमा वसेका २ जना र भारतवाट आएर सोही पालिका १२ नम्वर वडामा रहेको ठोटा आधारभूत विद्यालयको क्वाराइटाइनमा वसेका १ जना गरी तिन जनामा विहीवार आएको रिपोर्टमा कोरोना पोजेटीभ देखिएको हो । यो संगै सिन्धुपाल्चोकमा कोरोना संक्रमण हुनेको संख्या ३५ पुगेको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका सुचना अधिकारी कृष्ण तिवारीले वताएका छन । हाल सम्म कोरोनाको कारण एक महिलाको मृत्यू भएको छ भने १८ जना निको भएर घर फर्केको सुचना अधिकारी तिवारीले वताएका छन ।

 442 total views,  2 views today

Related posts