सिन्धुमा सलह भित्रिए संगै स्थानीय सरकार सचेत

जनतापत्र संवाददाता ।

सिन्धुपाल्चोक जिल्लामा पनि सलह भेटीएको छ । ससाना ग्रुप वनाएर उडिरहेको पाइन्छ । यो किरा करीव चार देखि चौतारा आसपासमा देखिन थालेको प्रतक्षदर्शीले वताएका छन । कोरोना पछिको विश्वमै आतंकको रुप लिएको सलह भित्रदाँ किसाानहरु निरास वनेका छन ।
ससाना ग्रुप भएर आएको सो किराले वाली नाली र हरियाली नष्ट पार्नेल गरेको छ । सिन्धुपाल्चोक जिल्लामा कति क्षति गर्यो भन्ने जानकारी नआएपनि यसले वालीनालीलाई ठुलो क्षति पुर्याउने कृषि विज्ञहरुको भनाइ छ
सलह किराको वथान सिन्धुपाल्चोकमा आईपुगेपछी स्थानिय सरकारले समातेर ल्याउनेलाई प्रति केजी १ सय रूपैयाँसम्म दिने घोषणा गरेका छन् ।

सलह आफ्नो पालिकामा प्रवेश गरेसंगै मेलाम्ची नगरपालिकाले प्रति केजी २०० रूपैयाँ प्रदान गर्ने घोषणा गरेका छन । जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले सलह समातेर ल्याँउने किसानहरूलाई प्रतिकिलो १ सय रूपैयाँ प्रदान गर्ने घोषणा गरेका छन । त्येसै गरी त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भुपेन्द्र श्रेष्ठले भने सलह समातेर ल्याउने किसानहरूलाई प्रतिकेजी ६० रूपैयाँ प्रदान गरिने वताएका छन ।
सलह किरा प्रवेश गरेपछी त्यसलाई न्यूनीकरण र रोकथामका लागि १२ वटै स्थानिय सरकारले विभिन्न सचेतना कार्यक्रमहरू अघि सारेका छन् ।

 356 total views,  4 views today

Related posts