प्रेश संगठन वैचारिक पत्रकारहरुको संगठन हो – नेपाल

जनतापत्र संवाददाता । चौतारा ।
प्रेश संगठनमा आवद्ध सवै पत्रकारहरु वैचारिक र सैद्धान्तीक रुपमा प्रस्ट वन्नु पर्ने प्रमुख अतिथी तथा नेपाल कम्युनिष्ट पाटी ( नेकपा)का जिल्ला अध्यक्ष झम्क नेपालले वताएका छन ।
प्रेश संगठन नेपाल, सिन्धुपाल्चोकले आयोजना गरेको वैठकमा अध्यक्ष नेपालले सो कुरा वताएका हुन । उनले पाटीका आस्था, विचार र धारणालाई पत्रकारिता मार्फत सवै नागरिक सामु लान यो संगठनको भूमिमा महत्व पुर्ण रहेको वताएका छन । प्रेश संगठनलाई हर सहयोग गर्न पार्टी तयार रहेको वताउदै अध्यक्ष नेपालले भने ,संगठन भित्र केही समस्या भए छलफलवाट हल गर्न सवै लाग्नुपर्ने धारणा व्यक्त गरे ।

केन्द्रीय राजनैतिक अवस्था प्रति इंकित गर्दै नेता नेपालले भने केपी, प्रचण्ड,माधव जो कोही पनी विधि र पद्धतिमा चल्न पर्छ ।
सो वैठकमा नेपाल कम्युनिष्ट पाटी ( नेकपा)का जिल्ला संगठन विभाग प्रमुख गोविन्द पराजुलीले प्रेश संगठन वैचारिक र आस्थावान पत्रकारहरुको संगठन रहेको वताए । उनले कम्युनिष्ट विचारलाई यस संगठनका पत्रकारहरुले अंगिकार गर्नपर्ने समेत वताए ।
वैठकमा संगठनका केन्द्रीय सदस्य माधव नेपाल,हरिवल्धव नेपाल,रामकृष्ण थापा, केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासंघका जिल्ला सचिव दिनेश थापालगायतले वोलेका थिए ।

वैठकमा पत्रकार महासंघको सदस्यता थपघट, प्रेश संगठनको भवन निर्माण, सरकार र संगठन विच समन्वय र संचार माध्यम लगायतका विषयमा छलफल भएको प्रेश संगठन नेपाल, सिन्धुपाल्चोका संयोजक विदुर आर्चायले वताएका छन । सो वैठकको संगठनका सहसंयोजक सहजीकरण अशोक पराजुलीले गरेका थिए ।

 3,446 total views,  2 views today

Related posts