सिन्धुको बार्षिक प्रगती समिक्षा गोष्टि स्थगन

जनतापत्र संवाददाता , चौतारा ।
जिल्ला समन्वय समिती सिन्धुपाल्चोक जिल्ला भित्र आर्थिक बर्ष २०७६ र ७७ मा सन्चालित योजना तथा कार्यक्रमहरुको बार्षिक प्रगती समिक्षा गोष्टि स्थगन भएको छ ।
जिल्ला भित्रका १२ वटै गाउपालिकाले आफ्नो बार्षिक प्रगतिको बिबरण प्रस्तुत प्रगती प्रतिबेदनलाई रेकर्ड तयार गर्दै संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र प्रदेश सरकारलाई बुझाउने भनिएको सो कार्यक्रम कोरोनाको कारण स्थगन गरिएको जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले बताए ।
सिन्धुपाल्चोकमा पछिल्लो समय वढेको कोरोनाको संभावित खतरालाई मध्ये नजर गर्दै सो कार्यक्रम स्थगन गरिएको हो ।
हिजो भएको उद्घाटन भएको सो कार्यक्रमको आज विषयगत कार्यालयहरुको प्रगति र प्रदेश अन्तर्गतका कार्यक्रमवारे छलफल रहेको थियो । त्यसै गरी भोली गैरसरकारी कार्यालयहरुको तथा सामाजिक उत्थान कार्यक्रमहरुको प्रगति तथा आगमी कार्ययोजनाको वारेमा छलफल गर्ने योजना रहेको समेत प्रमुख तमाङले जानकारी दिए ।

 2,216 total views,  2 views today

Related posts