प्रदेशस्तरिय जनस्वास्थ्य कार्यालय, धुलिखेलमा

जनतापत्र संवाददाता, धुलिखेल ।

बाग्मती प्रदेशस्तरिय जनस्वास्थ्य कार्यालय स्थापना काभ्रेको धुलिखेलमा गर्ने निर्णय भएको छ । शनिवार बाग्मती प्रदेश सरकारले जनस्वास्थ्य कार्यालय स्थापना भएको छ ।

बागमती प्रदेश सरकारका सामाजिक बिकास मन्त्री युबराज दुलालले सो कार्यालय अनुगमन गर्दै कोभिट १९ को लागी तत्काल काम सुरु गर्ने वताएका छन ।
प्रदेशको जनस्वास्थ्य प्रयोगशालाका रुपमा सो कार्यालयले काम गर्ने छ । काभ्रे, सिन्धुपाल्चोक , दोलखा , रामेछाप र सिन्धुली लगायतका जिल्लाहरु सेवा प्राप्त गर्ने प्रदेश संसद लक्ष्मण लम्सालले जानकारी दिए

शनिवार देखि शुभारम्भ भएको सो कार्यालयले स्वव परिक्षण सुरु गरेको छ । धुलिखेल नगरपालिकाको समन्वयमा संचालन भएको समेत संसद लम्सालले जानकारी दिए ।

 2,724 total views,  2 views today

Related posts