चार जना – कोरोना जित्दै ,मेलम्ची नगरको प्रशंसा गर्दै घर फर्किए

जनतापत्र संवाददाता ,मेलम्ची ।
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका स्थीत वाहुनेपाटीको आइसोलेशनवाट ४ जनाले कोरोना जित्दै घर फर्केका छन । उनीहरुले आइसोलेशनको व्यवस्थापन पक्षको प्रशंसा गर्दै घर फर्किएका छन । संक्रमितहरुले कोरोना जितेर घर फर्किँदा नगरपालिकाले खेलेको भूमिकाले हामीलाई कोरोनासंग लड्न सहास मिलेको भन्र्दै उच्च प्रशंसा प्रकट गरेका हुन् ।
जिल्लाको सदरमुकाम चौतारामा सक्रमित भएपनि मेलम्ची आइसोलेशनमा वसेका Þहरिप्रसाद तिमलसिनाले नगरपालिकाले गरेको व्यवस्थापनबाट सन्तुष्ट रहेको वताएका छन
३५ शैयाको क्वारेन्टिन र १० शैयाको आइशोलेसन निर्माण गरेको नगरपालिकाले आफ्नो क्षेत्रसहित अन्य इन्द्रावति गाउँपालिका, हेलम्बु गाउँपालिका, पाँचपोखरी थाङ्पाल गाउँपालिका गरी तीन गाउँपालिकाका संक्रमितलाई व्यवस्थापन गरेको छ ।
नगरपालिकाले आइसोलेशनमा खटिएका सुरक्षाकर्मि, डक्टर ,लगाएत अन्य सहयोगिहरुले गरेको सहयोगले गर्दा नै छिट्टै कोरोना जित्न सफल भएको कोरोना संक्रिमितको भनाई छ ।
आइसोलेशनमा बस्नेहरुका लागि नगरपालिकाले दैनिक चार पटक खाना, पौष्टिक आहारा, दुध, अण्डा लगायत शक्तिवर्दक चिजहरु उपलब्ध गराउँदै आएको छ । क्वारेन्टिन ब्यबस्थापनका लागि नेपाल प्रहरी, डक्टर तथा कर्मचारी खटिरहेका छन् ।
मेलम्ची नगरपालिकाकि उपप्रमुख भगवति नेपालले नगरपालिकाले संक्रमितलाई कुनै पनि कुराको कमी हुन नदिने वताएकी छिन । आफु पनि सुरुदेखिनै कोरोना रोकथाम तथा क्वारेन्टाइन अनि आइसोलेशन ब्यबस्थापनमा खटिएको उनीले वताइन ।
३५ बेडको क्वारेन्टिन तथा १० बेडको आइसोलेशन कक्ष बनाएको मेलम्चीले धुलिखेल अस्पताल द्धारा सन्चालित बाहुनेपाटि स्वास्थ्य केन्द्रलाई आइसोलेशन बनाएको छ ।

 2,815 total views,  2 views today

Related posts