प्रधानमन्त्रीको मनाेचिकित्सकहरू सँग परामर्श

जनतापत्र संवाददाता, काठमाण्डौ ।

‍‍प्रधानमन्त्री केपी शर्मा ओलीले काेभिड-१९ का कारण सिर्जित मनेसामाजिक समस्याकाे संबाेधन गर्ने गरी तत्काल याेजना बनाएर अघि बढ्न पर्ने बताएका छ्न । स्वास्थ्य मन्त्रालय र सम्बद्घ सरकारी र निजी क्षेत्रका निकायहरूलाई सक्रिय हुन समेत उनले निर्देशित गरेका हुन ।

बालुवाटारमा मनाेचिकित्सकहरू सँग आयाेजित परामर्श र छलफलका क्रममा उनले निराशा, दिक्दारी, भय र त्रास मुक्त समाज निर्माण गर्नसमेत मनाेचिकित्सकहरूकाे विशेष याेगदान हुने उनले जाेड दिएका छ्न । आज प्रा.डा सुदर्शन नरसिह प्रधान, डा. पशुपति महत, प्रा.डा सराेजप्रसाद ओझा, प्रा.डा दिव्यासिह शाह, डा. रितेश थापा, डा. सगुन पन्त, डा. अनन्त अधिकारी, डा. फणीन्द्र बराल र डा राेशन पाेखरेल लगायतका सम्बन्धित विज्ञहरूले प्रधानमन्त्री समक्ष यतिबेला अपनाउनुपर्ने अल्पकालीन र दीर्घकालीन उपायहरू प्रस्तुत गर्दै प्रधानमन्त्रीले अामन्त्रित गरेर सल्लाह सुझाव लिनुभएकाेमा धन्यवाद ज्ञापन गरेका छ्न ।

प्रधानमन्त्री शर्माले स्पष्ट पारेका छ्न – “काेभिड- १९ काे प्रभावविरूद्द व्यापक परामर्श तथा सचेतनता अभियान संचालन गर्न, टेलिभिजन र रेडियाेलगायत सञ्चार माध्यमहरूबाट तत्काल परामर्श र चेतना फैलाउनु आवश्यक रहेको छ । यस अभियानमा मनाेचिकित्सकहरूले सक्रिय याेगदान गर्नुपर्छ ।”

 2,397 total views,  2 views today

Related posts