आफनै कार्यकर्तालाई खादा लगाएर काग्रेसमा प्रवेश गरेकोे प्रचार गर्योे – नेकपा

जनतापत्र संवाददाता, हेलम्वु

नेपाली काग्रेंसले आफ्नै कार्यकर्ता प्रवेश गराएर प्रचार गरेको आरोप नेकपाले लगाएको छ । हेलम्वु गाउँपालिकामा भाद्र २५ गते नेकपा छोडेर काग्रेस पाटीमा प्रवेश गराएको भनि प्रचार गरेको थियो ।
नेपाली काग्रेसका गाउँपालिका अध्यक्ष सहित भएको सो कार्यक्रममा आफ्नै कार्यकर्ता प्रवेश गराएर प्रचार गरेको नेपाल कम्युनिष्ट पार्टी ( नेकपा)हेलम्वु गाउँपालिका ६ का वडा अध्यक्ष संञ्चमान तामाङले वताएका छन । तामाङले काग्रेसलाई यस्ता गैरराजनैतिक हर्कत नदेखाउन आग्रह समेत गरेका छन ।
सो वडा कमिटीका अध्यक्ष संञ्चमान तामाङ र सचिव विश्वराम गुरागाईको संयुक्त हस्ताक्षर गरि जारी गरेको विज्ञप्तीमा भनिएको छ नेकपाका कार्यकर्ता काग्रेसमा प्रवेश गराएको भनि गलत प्रचार गरेकोमा आपत्तीे छ ।
नेकपा हेलम्वु गाउँकमिटीका अध्यक्ष अर्जुन भण्डारीले नेकपाका कार्यकर्ता कोही पनि काग्रेसको पाटीमा प्रवेश नगरेको दावी गरेका छन । भण्डारीले काग्रेस नेतृत्वमा रहेको पालिका भष्ट्रचारमा व्याप्त रहेको र त्यसलाई ढाकछोप गर्न पाटी प्रवेशको नाटक मन्चन गरेको आरोप लगाएका छन । उनले कम्युनिष्ट कार्यकर्तालाई भ्रामक प्रचारवाट विचलित नहुन आग्रह समेत गरेका छन ।

 2,794 total views,  2 views today

Related posts