घुम्थाङमा पहिरोले पारेको क्षतिवारे नेकपाद्धारा दुःख व्यक्त

जनतापत्र संवाददाता, चौतारा ।

बाह्रबिसे नगर पालिका वडा न. ७ (घुम्थाङ) भिरखर्क नागबुजे पहिरोको सन्दर्भलाई लिएर नेपाल कम्युनिष्ट पाटी (नेकपा)सिन्धुपाल्चोकले आईतवार विज्ञप्ती निकालेको छ । सो घटनाले दुखी वनाएको भन्दै नेपाल कम्युनिष्ट पाटी (नेकपा)का अध्यक्ष झम्क नेपाल र सचिब दावा तामाङले हस्ताक्षरित सो प्रेश बिज्ञप्ती सार्बजनिक गरेको छ ।
बिज्ञप्तीमा यस्तो भनिएको छ , निरन्तर अनेकौँ प्राकृतिक बिपत्ति झेलिरहेको सिन्धुपाल्चोक जिल्ला आज पुन अर्काे विपत्ति झेल्न विवस छ । गए रातिको अविरल बर्षादको कारण बस्ति माथिबाट पहिरो आउदा बाह्रबिसे नगर पालिका वडा नम्वर ७ घुम्थाङ स्थित भिरखर्क नागपुजेमा ठुलो धनजनको क्ष्ुाति भएको छ । उक्त ठाउमा पहिरोको कारण २५ घर पुरिएको छन् । हाल सम्म १० जनाको शव भेटिएको छ भने २१ जना सम्पर्क बिहिन अबस्थामा छन् । घटना स्थल बाट ४ जनाको उद्धार गरि बाह्रबिसे प्राथामिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा उपचार भई रहेको छ । पहिरोमा परेर पुरिएकाहरुको खोजि कार्य जारी छ ।
यस दुःखद घडीमा ज्यान गुमाउनेहरु प्रति भाव पुर्ण श्रद्धाञ्जली, घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै शोक संन्तप्त परिवार जनमा गहिरो समावेदना ब्यक्त गर्दछौ । यस दुःखद घडिमा उद्धार र खोजि कार्यमा स्वत ः स्फुर्त खट्नु हुने स्थानीय जनता, सेना , शसस्त्र प्रहरी, जनपथ प्रहरी सम्माननिय सभामुख, लगायत सम्पुर्ण जनप्रतिनिधीज्यूहरु, पार्टीको केन्द्रिय नेता लगाएत सवै पार्टीका मित्रहरु, समयमानै समचार सम्ंप्रेषित गर्ने पत्रकार मित्रहरुमा पार्टी जिल्लाको तर्फवाट हार्दिक धन्यवाद ज्ञापन गर्दछौ ।
यस विपत्तिमा ज्यान गुमाउने मृतकका परिवार र कष्टकर जीवन जीउने जनताहरुलाई राहात, आवास बिहिनहरुलाई आवासको ब्यवस्था गर्न सम्वन्धित निकायको ध्यानाकर्षण गराउदै पटक पटक दोहोरी रहने यस्ता विपत्तिहरुबाट बच्न बचाउन सवैले आ–आफ्नो ठाउँमा पहल गरौ । बर्षा निरन्तर रहेकोले सिन्धुबासीलाई सचेनता अपनाउन हार्दिक आव्हान गर्दछौ विज्ञप्तीमा भनिएको छ ।

 3,471 total views,  2 views today

Related posts