नेकपा संकटमा, दोस्रो पुस्ताको भूमिका महत्वपुर्ण

वाह्रविसे,
नेपाल कम्युनिष्ट पाटी (नेकपा)को केन्द्रमा विवाद चुलिएको छ । केन्द्रीय राजनीति र विषय वस्तुको प्रभाव पार्टी मातहतका सवै कमिटी र नेता तथा कार्यकर्ताहरुमा पनि परिरहेको छ ।
सो केन्द्रीय बिबादलाई लिएर, सोही पार्टी सिन्धुपाल्चोकका जिल्ला कमिटी सदस्य एवम सफल युबा ब्यबसायी तथा सुनकोशी बहुमुखी क्याम्पसको स्ववियुका पुर्व सभापति प्रदिप पौडेल भन्नुहुन्छ , पार्टी र संगठनमा जति जति बेला संकट आईपदथ्यो, तत् तत् बेलामा सहि अनि उत्कृष्ट दिशानिर्देश गर्न महत्वपुर्ण भुमिका निर्वाह गर्नुहुने कमरेडहरु घनश्याम भुसाल, प्रदिप ज्ञावली, योगेश भट्टराई, शंकर पोखरेल, बर्षमान पुन, अरुण नेपाल, जनार्दन शर्मा, गोकर्ण बिष्ट, पर्शुमेघी गुरुङ, बिजय पौडेल लगायतका यूवा नेता कमरेडहरुको अद्धितिय योगदानको ईतिहाँसहरु साक्षी छन् ।
पुनः एकपटक आम नेपाली, नेकपाका नेता तथा कार्याकर्ताहरु यहाँहरुको यो भुमिकाको प्रतिक्षा गरिरहेका छन् । आशा छ, उहाँहरुले यो संकटको घडी लाई पनि सफल अवतरण गराउनुहुने छ । यो वेला दोस्रो पुस्ताका युवा नेताहरुले नेकपाको संकट टार्दै नयाँ दिशामा लैजाने जिम्मेवारी रहेको नेता पौडेलले वताउनु भएको छ ।

 3,730 total views,  2 views today

Related posts