मेलम्चिमा वन्यो प्रशासकीय भवन

मेलम्ची,
सिन्धुपाल्चोक मेलम्ची नगरपालिकाको मुख्य प्रशासकीय भवनको शुक्रबार एक समारोहको बीच उद्घाटन भएको छ । सो भवनको पुर्ब कानुन, न्याय तथा संसदीय मामिला मन्त्री एवम् सोहि क्षेत्रका संघीय सांसद शेरबहादुर तामाङले रिवन काटेर उद्घाट्न गर्नुभएको हो ।

मेलम्ची नगरपालिकाले आफ्नै भबनबाट काम सुचारु गर्ने स्थानीय तह बनेको छ । निमार्ण कार्य फाल्गुण महिनामा नै सकेर बैसाखमा उद्घाटन गर्ने तयारी भएता पनी कोरोना महामारीको कारण कात्तिक महिनाबाट सो भबनमा कार्य संचालन भएको हो ।
सो उद्घाटन कार्यक्रममा सांसद शेर बहादुर तामाङले केन्द्रीय राजधनीबासीलाई मेलम्ची र याङ्रीलार्केको पानी खुवाउने सिन्धुबासीले अब सानो तिनो योजनाहरुको लागी कसैको मुख ताक्न नपर्ने बताउनुभयो । उहाँले थप्नुभयो पुर्बधारको हिसाबले मेलम्ची नगरपालिका समृद्ध बन्ने अन्तिम चरणमा प्रबेस गरिसकेको छ । मेलम्ची नगरपालिकाले निकट भबिष्यमानै प्याराग्लाईडिङ टेष्ट गरिने , आयतलाई रोकेर अब मेलम्ची नगरपालिकाले कृर्षी जन्य सामाग्रीहरुको निर्यात गर्ने तामाङले बताउनुभयो ।

मदिराजन्य पदार्थहरुको आयत रोकी हाम्रो स्थानीय स्तरमा उत्पादित लोकल रक्सीलाई ब्राण्ड बनाएर निर्यात गर्ने कुरामा मेलम्ची नगरपालिकाले अगुवाई गर्नुपर्ने धारणा समेत उहाँले राख्नुभयो ।

सो नगरपासलिकाको प्रमुख डम्बरबहादुर अर्यालले बजेट हेर्दा धेरै देखीने तर ५५ प्रतिशत बजेट चालु खर्चमा सकिने र ४५ प्रतिशत बजेट पुजिँगत रहेको वताउनुभयो । उहाँले गत बर्षको १० करोडको जिम्मेवारी यस बर्ष थपेको र चालु आर्थिक बर्षमा सोचे जस्तो बजेट बनाउन नसक्नु कोभिडको कारण रहेको र अघिल्लो बर्षको घाटा पुर्तिको कारण समेत रहेकोे बताउनुभयो । क्रसरलाई नियमन गर्ने कुरा गृहमन्त्रालयबाट परिपत्र भएको छ । त्यसकुरालाई हाम्रो नगरपालिकाबाट गिटट्ी बालुवाको लागि ठेक्का आह्वान भईसकेको छ । केहि समय क्रसर ब्यबसायीहरुलाई अल्टीमेटम दिएर नियमन गर्नेकुरामा सहजीकरण गर्न जिल्ला समन्वय समिति प्रमुख कृष्णगोपाल तामाङसमक्ष नगर प्रमुखले प्रस्ताब राख्नुभयो ।
सेवाग्राहीलाई चुस्त दुरुस्त सेवा प्रदान अब एउटै भबनबाट हुने पनि प्रमुख अर्यालले बताउनुभयो । मेलम्ची नगरपालिकाको सबै वडा कार्यलय सम्मा सडक संजालले जोडी सकेको छ ।

सो कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला अध्यक्ष झम्क नेपालले हाम्रो पार्टीको सरकार तिनै तहमा छ । सरकारले गरेको कामहरु पार्टीले अनुगमन र निरक्षण गरिराखेको छ । धेरैकाम हुदाँ थोरै आलोचना हुनु स्वभाबिक मान्नु पर्छ । केही कमिकमजोरी भेट्टाए पार्टीले त्यस गलत कामलाई सच्याउन लगाउने बताउनुभयो ।

सो कार्यक्रममा ३ नं प्रदेश सभाका संसद् ईन्द्रमाया गुरुङ , नेकपा नेता धर्मकृष्ण श्रेष्ठ , जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङ, उप प्रमुख बालकुमारी सापकोटा,पांचपोखरी थाङपाल गाउंपालिका प्रमुख टासि लामा, लिसंखुपाखर गाउँपालिका उपप्रमुख हेमगंगा मोक्तान ,नेकपा संघीय निर्बाचन क्षेत्रीय कमिटि अध्यक्ष मित्रलाल चौलागाईं ,जग्गादाता एबम ईन्द्रावति क्याम्पसका क्याम्पस प्रमुख राधाकृष्ण श्रेष्ठलगायत बिभिन्न पार्टिका प्रतिनिधिहरु, र वडा अध्यक्षहरु तथा सरोकारवालाहरु समेतको उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा जिल्ला स्तरीय ब्याडमिन्टन खेलका बिजेता र उपबिजेता खेलाडीहरु लगायत विभिन्न ब्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।

 2,765 total views,  2 views today

Related posts