हिंसा विरुद्धको १६ दिने अभियानको क्रममा अन्तरक्रिया

सुनिता रखाल, चौतारा ।

अन्तराष्टिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान २०७७ मंसिर १० देखी २५ मनाउने कार्यक्रम अन्तर्गत आइतवार चौतारा फिल्ड ट्रेनिङ सेन्टर चौतारामा सम्पन्न भएको छ ।
यस बर्षको नारा लैंङ्घिक हिंसा अन्त्यको प्रतिवद्धता ः व्यक्ति समाज र सवैको एैक्यवद्धता रहेको छ । चौतारा सागाचोकगढी नगरपालिका र चौतारा साँगाचोकगढी नगर महिला संजाल को आयोजनामा भएको थियो । सो कार्यक्रममा वोल्दै प्रमुख अतिथी जिल्ला समन्वय समिति उपप्रमुख बालकुमारी सापकोटाले महिलाको आवाज महिलाले नै उठाउन पर्छ । हामी सबै लागि परौ । शसक्त रुपमा लाग्नु पर्छ । कोरोना भाइरसको कारण धेरै महिलाहरु हिंसामा परिरहेका छन । सचेत गराउनु हामी सबैको दायित्व हो । सो कार्यक्रका अध्यक्ष सो नगर पालिका उपप्रमुख जानुका पराजुलीले लैंङ्घिकै आधारमा कुनै पनि मानसिक शारिरिक क्षती हुनेगरी गरिने हिंसा नै लैंङ्घिक हिंसा हो ।
यसलाई रोक्नु पर्छ । वर्षमा १६ दिन हैन ३६५ दिननै महिला हिंसाबिद्धको दिवस मनाउनु पर्ने बतााउनुभयो । कार्यक्रमको अध्यक्षता चौतारा सागाचोकगढी नगर पालिका उपप्रमुख जानुका पराजुलीले गर्नु भएको थियो । प्रमुख अतिथी जिल्ला समन्वय समिति उपप्रमुख बालकुमारी सापकोटा, प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल सहित उलेख्य उपस्थीतिमा कार्यक्रम सम्पन्न भएको थियो ।

 2,293 total views,  2 views today

Related posts