द्वन्द्व रुपान्तरण कार्यक्रमको अभिमुखीकरण

लक्ष्मण सिलवाल,चौतारा ।
दिगो शान्तिको लागि उन्नत सम्वन्ध भन्ने नाराको साथ प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण कार्यक्रम छैटौं चरणमा प्रवेश गरेको छ । प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले सो अवसरमा जिल्ला स्तरिय अभुमुखिकरण गोष्ठी सम्पन्न भएको छ ।
जल जमिन र जंगलको क्षेत्रमा रहेका विवादलाई संवादको माध्यमवाट रुपान्तरण गर्न लागी परेको सो संस्थाले पाचौं चरणमा गरेको गतिवीधिको समिक्षा र छैठौं चरणमा गरिने कार्यक्रमको वारेमा छलफल गरिएको थियो । साथै सामुदायिक मेलमिलाप कार्यक्रमको क्रिर्याकलापको जानकारी गराइएको थियो ।
सो कार्यक्रमका प्रमुख कार्यक्रमको प्रमुख अतिथि कृष्ण गोपालले प्राकृतिक स्रोतमा भएको विवाद र द्वन्द्वलाई शान्तिमा रुपान्तरण गर्न सहज पक्कै छैन । सहज नहुदाँ नहुदै पनि यो संस्थाले सहजिकरण गरेर द्वन्द्वहरु रुपान्तरण गरेको झलकहरु समेत हेर्दा सस्था र सहजकर्ताको कामलाई मुक्तकण्ठले प्रशंसा गर्दछु ।
सो कार्यक्रममा वोल्दै चौतारासाँगाचोक गढि नगरपालिकाका उपप्रमुख जानुका पराजुलिले द्धन्द्ध रुपान्तरण कार्यक्रमले समुदायमा राम्रो छाप छोडेको छ । उनीले प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले गरेको गतिवीधिलाई स्थानीय तहले भरपुर सहयोग गर्नपर्ने समेत धारणा राखिन ।
कार्यक्रममा लिसंखुपाखर गाँउपालिकाका उपाध्यक्ष हेम गंगा मोक्तानले भनिन ः हामिले स्थानीय तहमा निर्वाचित भयो । हामीलाई नया कामको जिम्मेवारी आईरहदा अल्मलिएको थियो । द्वन्द्व रुपान्तरण केन्द्रले गरेको सहयोगको उच्च मुल्यांकन गरेका छौ ।
समाजमा विविध स्वार्थ भएको मानिसहरु हुन्छन । त्याँहा कुनै न कुनै विवाद पक्कै हुन्छ । त्यसको सहि ढङ्गले सहजिकरण गर्ने कुरा सहज पक्कै हुदैन । तर सस्थाले सहजिकरण गरिराखेको छ । मेलमिलाप कर्ताहरुको उत्पादन गरिराख्नु भएको छ । दिगो शान्तीको लागि द्वन्द रुपान्तरण कार्यक्रम ले खेलेको भुमुकाको सह्रनिय छ ।
त्यसै गरी नेकपाका प्रतिनीधि रामचन्द्र वस्नेतले द्वन्द्व रुपान्तरण केन्द को कार्यक्रमको रुपरेखा हरु संग हामी जानकार छौ । जुनसुकै खालको बिवाद पनि दुवै पक्षले जित्ने वातावरण वनाउन सुरु गर्नु भएको छ । विवादका दुवै पक्षलाई जिताउने काम गर्न सफल हुनुभकोमा बधाई छ । नेपाली काग्रेसका प्रतिनीधि विल वहादुर तामाङले संस्थाको गतिाीधि राम्रो रहेको र सवैसंग सहकार्य गरेर अगाडी वढे झनै राम्रो हुने वताए ।
जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनीधिहरुको उपस्थीति रहेको सो कार्यक्रममा संस्थाले गरेको कार्यक्रम र अभियानको वारेमा संस्थाका क्षेत्रीय संयोजक रिता मानन्धरले वताएकी थिइन । सो कार्यक्रममको अध्यक्षता राष्ट्रिय श्रोत व्याक्ति नेत्र धितालले गरेका थिए भो स्वागत सामुदायिक मेलमिलाप कार्यक्रमका संयोजक ठाकुरराम चौलागाई र संचालन टीका सुवेदीले गरेका थिए ।

 982 total views,  6 views today

Related posts