नेपाल राष्ट्रिय शिक्षक सङ्गठन त्रिपुराकाे अधिवेसन सम्पन्न

गाेमा खत्री/

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन त्रिपुरासुन्दरी गाउँपालिकाकाे स्थानिय अधिवेशन सम्पन्न भएको छ।गाैरवशालि विगत, चुनाैतिपुर्ण वर्तमान, गुणस्तरका लागि शैक्षिक शुसासन भन्ने मुल नारा बाेकेकाे त्रिपुरासुन्दरी गाउपालिकाकाे दाेस्राे स्थानिय अधिवेशन शनिबार पिस्करमा सम्पन्न भएको हाे। पिस्करमा सम्पन्न दाेस्राे अधिवेसनले सिताराम पाैडेलकाे अध्यक्षतामा १५ सदस्यीय कमिटि गठन गरेको छ। जसअनुसार उपाध्यक्ष महिलामा सृजना खड्का, उपाध्यक्ष मेनुका बाेहरा, सचिव सुर्य बाेहरा, सहसचिव दुर्गादेवि श्रेष्ठ, काेषाध्यक्ष मिथिला श्रेष्ठ,सहकाेषाध्यक्ष चन्द्रमा खड्का र सदस्यहरुमा बलदेव अाचार्य, लाेकहरि न्याैपाने, जितनारायण श्रेष्ठ, मानकुमार थामि, कर्णबहादुर खत्रि र अाेमराम पराजुलि निर्वाचित भएका छन्। त्यस्तै महिला सदस्यमा गिता ढकाल र हिरा श्रेष्ठ रहेका छन्। नवनिर्वाचित पदाधिकारीहरूलाई नेपाल राष्ट्रिय शिक्षक सङ्गठन बागमति प्रदेश कमिटिका सचिव राजेन्द्र श्रेष्ठले सपथ ग्रहण गराएका थिए। श्रेष्ठले शिक्षा एेन र नियम भन्दा बाहिर रहेर पालिकाले शिक्षकहरुकाे सहमति बेगर शिक्षक सरुवाका कामहरु नगर्न अाग्रह गरे।

पिस्कर नेपाल राष्ट्रिय शिक्षक सङ्गठन त्रिपुरासुन्दरी गाउँपालिकाकाे स्थानिय अधिवेशन सम्पन्न भएको छ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका विशेष अतिथि भुपेन्द्र श्रेष्ठले गाउँपालिकाकाे शैक्षिक गुणस्तर वृद्धिका लागि पालिकाभरका शिक्षकहरुकाे क्षमता अभिवृद्धिका कार्यक्रमहरु ल्याउने बताए । थाेरै पारिश्रमिकमा श्रम गर्न बाध्य निजि श्रोत र बालविकास शिक्षककाे लागि पनि अागामि अार्थिक वर्षबाट विशेष याेजना बनाउने बताउदै समुदायलाई डाेर्याउने र समाजका कलिला बालबालिकालाई पहिलाे ज्ञान छर्ने माध्यम शिक्षक भएकोले शिक्षककाे हकहितकाे लागि सधैं सहयाेग गर्ने प्रतिवद्दता जनाए । कार्यक्रममा गाउँपालिका शिक्षा शाखा प्रमुख शालिकराम घिमिरेले शिक्षकहरु प्रविधिमैत्रि शिक्षण कृयाकलापमा अपडेट भई गुणस्तरीय शिक्षाकाे लागि मेहेनत गर्न अावश्यक रहेको बताए ।

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला कमिटिका अध्यक्ष माया पाैडेलले शिक्षण पेसामा महिलाहरुकाे सहभागीता वृद्धि गर्नका लागि छात्रा शिक्षामा विशेष जाेड दिन अावश्यक रहेकाे बताइन्। नवनिर्वाचित अध्यक्ष सिताराम पाैडेलले सबै शिक्षकहरुकाे समस्याहरुलाई एकअापसमा छलफलकाे माध्यमबाट समाधान गर्ने प्रतिवद्दता जनाए ।

 3,774 total views,  6 views today

Related posts