नेपालमा अनाथको लागि शिक्षा संस्थाबाट विद्यालयलाई स्टेसनरी सामाग्री सहयोग

जनतापत्र संवाददाता, बाह्रबिसे

सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका वडा नं ३ स्थित श्री नारायण आधारभुत विद्यालयका लागी एक कार्यक्रमका विच अाईतवार स्टेसनरी सामाग्री वितरण गरिएकाे छ । अतिरिक्त क्रियाकलाप संचालनको लागि आवश्यक पर्ने अन्य सामाग्री पनि वितरण गरिएको छ । विद्यालयलाई सहयाेग सामाग्री नेपालमा अनाथको लागि शिक्षा संस्थाबाट हस्तान्तरण गरिएको थियो ।

विद्यालयमा विद्यार्थीका नियमित पठनपाठन सँगै अतिरिक्त क्रियाकलाप संचालनले बालबालिकाको सर्बाङ्गिण विकासमा सहयोग गर्ने उदेश्यले विपन्न र जेहन्दार विद्यार्थीको लागी हस्तान्तरण हुने गरि बालबालिकालाई आवश्यक पर्ने कपि, पेन्सिल, कलम, जोमेट्री बक्स लगाएतका स्टेसनरी सामाग्रीका साथै अतिररिक्त खेलकुदका क्रियाकलाप संचालन गर्न आवश्यक मादल,झ्याली, ड्रम सेट, ब्याडमेटन लगाएतका सामाग्री हस्तान्तरण गरिएको थियो । साे संस्थाका सचिब पासाङ शेर्पा बाट उक्त सामाग्रीहरु हस्तान्तरण गरिएकाेथियाे ।

यस्ता सहयोगले बालबालिका नियमित विद्यालय उपस्थित हुने प्रभावकारी सिकाइमा पनि मद्तपुग्ने र अतिरिक्त क्रियाकलापमा विद्यार्थीको क्षमता बृद्धी हुने साे विधालय ब्यबस्थापन समिति अध्यक्ष कपिल पाख्रिनले बताउनु भयो । साथै अधिकाशं जनजाती वालबालिका अध्यनरत विद्यालयमा शैक्षिक स्तर सुधार गर्नको लागी थप अतिरिक्त क्रियाकलाप संचालनमा जोड दिदैं बाह्रविसे नगरपालिका सहित सरोकारवालाहरु सँग समन्वय गरिरहेको वि.ब्य.स अध्यक्ष कपिल पाख्रिन बताउनुभयाे ।
अहिले विद्यालयको शैक्षिक स्तर सुधारका लागी संघिय सांसद विकास कोषबाट प्राप्त रकम बाट खेलमैदान निर्माण गरिरहेको र बिद्यालयमा घेराबार, बालबालिकाको लागी न्यानो कपडा, नियमित रुपमा स्टेसनरी वितरणगर्ने कार्य गरिएको साे विद्याललाई नगर पालिकाकाे नै नमुना विद्यालयमा परिणत गर्ने सोच रहेको समेत बिधालय ब्यबस्थापन समिति अध्यक्ष पाख्रिनले जाेड्नुभयाे

विद्यालयलाई स्टेसनरी लगाएत खेलकुदका विविध सामाग्री प्राप्त गरेपछि नारायण आधारभुत विद्यालयका वालवालिका सँगै अभिभावकहरु निकै खुसी भएका छन् । यस्तो खालको सहयोगले बालबालिकाहरु विद्यालय आउदा खुसीहुने र बिद्यालयको अतिरिक्त क्रियाकलाप संचालनमा सहयोग पुग्ने साे विधालयकाे प्रधानध्यापक राम प्रसाद न्यौपनेले बताउनु भयो ।

 1,967 total views,  2 views today

Related posts