उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकले गर्यो, मानव बेचविखन सम्बन्धी अन्तरक्रिया

उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकले जिल्लामा मानव बेचविखन सम्बन्धी अन्तरक्रिया कार्यक्रम बुधबार सम्मन्न गरेको छ । साे अन्तरक्रिया कार्याक्रममा सरोकारवालाहरुले मानव बेचविखन तथा ओसारपसार न्यूनीकरणमा सबै व्यक्ति, संघसस्था जुट्नुपर्ने निष्कर्ष निकालेका छन् । हाम्रो सम्मानको आयोजनामा ‘मानव बेचविखन विरुद्ध नेपाली नीजि क्षेत्र’ विषयक अन्तरक्रिया कार्यक्रममा उपस्थितहरुले यस्तो निष्कर्ष निकालेका हुन् ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीले नेपालमा समस्याका रुपमा रहेको मानव बेचविखन विरुद्ध सबै नीजि क्षेत्र लाग्नुपर्ने धारणा राख्नुभयाे । साे अन्तरक्रिया कार्यक्रममा जोशीले पछिल्लो समय वैदेशिक रोजगारीको नाममा बेचविखन भइरहेको तर्क प्रस्तुत गर्दै यस विरुद्ध सबै जनता सचेत हुनुपर्नेमा जोड दिनुभयाे । त्यसैगरि साे कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले बेचविखनको जोखिममा रहेका क्षेत्र, समुदायमा सचेतीकरणको आवश्यकता रहेको वताउनुभयाे । बेचविखनमा परेकाहरुले समेत पीडकको पहिचान गर्न नसक्ने अवस्था आउने गरेकाले कानुनी सजायँ दिलाउन समस्या परिरहेको अवस्था समेत रहेको उहाँले वताउनु भयाे । साे कार्यक्रममा सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष वेदबहादुर श्रेष्ठले त्रास या बल देखाएर, प्रलोभनमा पारेर, झुक्याएर बेचविखन हुने गरेकाले यसको न्यूनीकरणका लागि सचेतीकरणको अभियानमा जुट्नुपर्ने बताउनुभयाे । विभिन्न सामाजिक संघसंस्थाका करिब एक सय जना उपस्थित रहेको अन्तरक्रिया कार्यक्रममा सिन्धुपाल्चोक उधाेग वाणिज्य संघका अध्यक्ष होम बहादुर बस्नेत (राजकुमार) ले जिल्लाको ग्रामीण भेगका अशिक्षित, निम्न आयस्रोत भएका व्यक्तिहरु दलालको फन्दामा पर्ने गरेको सुनाउनुभयाे ।

‘दलालहरुको आँखा अब गाउँकेन्द्रीत छ, हामीले गाउँमा सचेतना पुर्याउन जरुरी छ’, अध्यक्ष बस्नेतले जाेड्नुभयाे । साे कार्यक्रममा नेपालमा भएका र हुने गरेका बेचविखनको अवस्था, त्यसको रोकथामका प्रयास र अबको लक्ष्यबारे कार्यपत्रहरुसमेत प्रस्तुत गरिएको थियो । साे कार्यक्रममा सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको नयाँ निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुलाई खादा लगाएर सम्मान समेत गरिएको थियो ।

 3,650 total views,  6 views today

Related posts