बालविवाह न्यूनीकरणकाे लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

जनतापत्र संवाददाता, चौतारा

चौतारा साँगाचाेकगढी नगरपालिकामा बालबिवाह न्युनिकरणकाे लागि सराेकारवालाहरुसंग शुक्रबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।

बालविवाह न्यूनीकरणमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।
साे कार्यक्रम चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थिक सहयोग र दिगो मिडिया एण्ड रिसर्च प्रा.ली.को समन्वयमा भएको थियाे ।

साे कार्यक्रममा बाेल्दै कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख अमानसिंङ तामाङले ले “बाल विवाह न्यूनीकरणको लागि नगरपालिकाले विशेष योजना बनाएर अगाडि बढेकाे र छिट्टै बालविवाह मुक्त नगरपालिका वानाउने याेजना रहेकाेले यसको लागि तपाईँहरू सम्पूर्णको भुमिका महत्वपूर्ण हुने धारणा राख्नुभयाे ।

त्यसैगरी साे कार्यक्रममा बाेल्दै नगरपालिकाको उपप्रमुख जानुका पराजुलीले जटिल समस्याको रूपमा रहेको बाल विवाह न्यूनीकरणको लागि नगर सरकार लागिपरेकाे बताइन् । सरोकारवालाहरु एक भएर साे अभियानमा लाग्दा छिट्टै वालविवाहकाे अन्त्य हुने समेत वताउनुभयाे ।

साे अन्तरक्रिया कार्यक्रममा अधिवक्ता चन्द्र बस्नेतले बाल विवाह गरे गराएमा हुन सक्ने कानुनी सजाय र समाजको विद्यमान अवस्थाको बारेमा प्रस्तुति राखेका थिए ।

त्यसै गरि साे कार्यक्रममा बाल अधिकारकर्मी ललित बहादुर रानाले  प्रस्तुत गरेको बालविवाह,कारक तत्त्व,असर र न्यूनीकरणमा सरोकारवालाहरुको भूमिका विषयकाे अन्तर्क्रिया कार्यक्रमकाे टिप्पणी समेत गरिएकाे थियाे ।

साे कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाकाे जनप्रतिनिधिहरु, जिल्ला प्रहरी कार्यालयकाे प्रतिनिधि , पत्रकारहरु,शिक्षकहरु, जिल्लाकाे विधार्थि नेताहरु, वालअधकारकर्मि, वालसंजाल, बालक्लवका प्रतिनिधिहरु, जिल्लामा क्रियाशिल संघ सस्थाकाे प्रतिनिधिहरुकाे उपस्थितिमा रहेकाे थियाे ।

 3,232 total views,  8 views today

Related posts