नेकपा एमाले चौतारा साँगाचाेकगढि नगर कमिटीको विस्तारित बैठक सम्पन्न ।

जनतापत्र संवाददाता, चौतारा

नेपाल कम्युनिष्ट पार्टि एमाले चौतारा सागाँचाेकगढी नगरकमिटिकाे विस्तारित वैठक शनिवार चौतारामा सम्पन्न भएकाे छ ।
साे बैठक पार्टिकाे पाेलिटब्युराे सदस्य एवः वाग्मती प्रदेश सभा सदस्य पशुपति चौलागाईंकाे प्रमुख अातिथ्यतामा भएकाे हाे ।

साे बैठकमा बाेल्दै प्रमुख अतिथि चौलागाईंले सामन्तबादकाे अवशेष पार्टि भित्र वाकि रहदा कहिले राजनितीक त कहिले सांगठनिक विचलन अाउनेगरेकाे र त्यसकै कारण पार्टिमा ध्रुवीकरण देखापरेकाे वताउनुभयाे । त्यसैगरी उहाले जाेड्नुभयाे अान्तरिक लाेकतान्त्रिककरणकाे महत्व पार्टि नेतृत्वले नवुझ्दा अहिले पार्टिमा गम्विर समस्या देखापर्याे । केपी शर्मा अाेलिले गुर्वाचाेकले साेभियत संघ विगठन गरे जस्तै नेपालकाे कम्युनिष्ट अान्दोलन सकाउन उद्दत रहेकाे समेत वताउनुभयाे । हाम्राे लक्ष्य पार्टि भित्रकाे लाेकतान्त्रिककरणलाई वलियाे वनाएर समाजलाई समेत लाेकतान्त्रिक करण गर्नुछ । पार्टिलाई छिट्टै सहि ट्रयाकमा ल्याएर वाकि काम पुरागरेरै छाड्ने दावि प्रमुख अतिथि चौलागाईंले गर्नुभयाे ।

साे बैठकले नगरपालिका भित्रका सवै वडाहरुमा पार्टीको गतिविधि अगाडि वढाउने निर्णय गरेकाे पार्टिकाे नगर कमिटि अध्यक्ष ईश्वरी श्रेष्ठले वताउनुभयाे । पार्टिकाे निर्णय र पार्टि हित विपरीत केही साथिहरु लागेको र समानन्तर गतिविधि गरिरहेको छन् । समय अाएपछि उहाहरुपनि एकै ठाउमा अाउने दावि समेत अध्यक्ष श्रेष्ठले वताउनुभयाे ।

साे कार्यक्रममा पार्टि वाग्मती प्रदेश सचिवालय सदस्य एवः पुर्व सांसद सुवास कर्मचार्य , प्रदेश कमिटि सदस्य साेम सापकाेटा ,पार्टि जिल्ला अध्यक्ष झम्क नेपाल , सचिव कमल नेपाल, जिल्ला समन्वय समिति प्रमुख कृष्ण गाेपाल तामाङ लगायत नेताहरुकाे उपस्थिति रहेककाे साे पार्टीको नगर कमिटि अध्यक्ष ईश्वरी श्रेष्ठले जानकारी दिनुभयाे ।

 4,122 total views,  2 views today

Related posts