एमाले जुगल गाउँपालिका कमिटिकाे कार्यलय उद्घाटन ।

जनतापत्र संवाददाता,जुगल ।

नेपाल कम्युनिष्ट पार्टि एमाले जुगल गाउँ पालिका कमिटिकाे कार्यलय उद्घाटन अाईतवार भएकाेछ । साे पार्टिले जुगल गाउपालिका वडा नम्वर ५ काे ढाडे वजारमा वाेर्ड सहित कार्यलय संचालनमा ल्याएकाे छ ।
एमाले पार्टिकाे देशै भर दुई समुहमा समानन्तर गतिविधि भईराखेकाे छ । जुगल गाउँपालिकामा भने नौलाे अभ्यास भएकाे छ । माधव नेपाल समुह र केपि अाेलि समुहले सयुक्त रुपमा कार्यलयकाे वाेर्ड राखेकाे छ भने कार्यलय संंचालनमा समेत ल्याएकाेे छ ।

पार्टिकाे माथिल्लो तहमा देखिएकाे विवादकाे कारण स्थानीय तहमा विवाद निम्त्याउन नहुने निष्कर्ष सहित जुगल गाँउ पालिका कमिटिलाई एकताबद्ध वनाउदै नेतृत्वलाई कार्यकर्ता एकताकाे पक्षमा रहेकाे र केन्द्रिय नेतृत्वमा रहेकाे दुवै पक्षलाई समानन्तर गतिविधिमा नलाग्न दवाव सृजना गर्न यसखाले कार्यक्रमले सहयाेग गर्ने गाउँपालिका महासंघ केन्द्रीय अध्यक्ष एवः जुगल गाउँपालिका अध्यक्ष हाेमनारायण श्रेष्ठले वताउनुभयाे । साथै उहाले जाेड्नुभयाे पार्टिमा देखिएकाे समस्याको कारण दुवै पक्षले गरेकाे गल्तिहरु सच्याउदै अगाडि वड्ने र गल्ति पुन नदाेहाेर्याउनि पनि उनै अध्यक्ष श्रेष्ठले वताउनु भयाे ।


पार्टि केन्द्र,प्रदेश, र जिल्लामा समानन्तर गतिविधि भए पनि जुगल गाउपालिका भित्र गुटगत गतिविधि संचालन नगर्ने दुवै पक्षमा सहमति भएकाे एमाले जुगल गाउँपालिकाकाे नेता एवः वडा नम्वर १ काे वडा अध्यक्ष कमल थापाले जानकारि दिनुुभयाे ।
एमालेमा बैचारिक मतभेद हुने, तिक्तता याे निरन्तरकाे श्रृखला अन्तर्गत नै अहिलेकाे अवस्था अाएकाे हाे । केही समयमानै नेतृत्वले अापसि छलफल गरेर एउटै निर्णयमा पुगि सबै कार्यकर्तालाई खुसि दिनेमा अाफु विस्वस्थ रहेकाे एमाले जुगल गाउँपालिकाकाे नेता एवः वडा नम्वर ७ काे वडा अध्यक्ष दिलकुमार लामाले वताउनुभयाे ।

 5,318 total views,  4 views today

Related posts