पेट्रोलियम पदार्थको मुल्य बृद्धिकाे बिरुद्धमा अनेरास्ववियुले देशैभरी अान्दोलन गर्ने ।

जनतापत्र संवाददाता, चौतारा ।

अनेरास्ववियु केन्द्रिय कमिटीद्वारा साेमवार पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धिकाे विरोधमा आयल निगमकाे कार्यलय घेराउ कार्यक्रम सम्पन्न गरेकाे छ ।

पेट्रोलियम पदार्थको मुल्य वृद्धि फिर्ता नभएसम्म आन्दोलन जारि राख्ने अनेरास्ववियु केन्द्रीय कमिटि अध्यक्ष सुदेश पराजुलीले वताउनुभयाे । अध्यक्ष पराजुलीले पेट्रोलियम पदार्थको मुल्यबृद्धिकाे बिरुद्धमा देशभरि विरोधका कार्यक्रमहरु अगाडी बढाउन मातहतका सम्पुर्ण कमिटिहरुलाई निर्देशन समेत दिनुभएकाे छ ।

सरकारले पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेकाे छ । प्रतिलिटर ११८ मा पाउने पेट्रोलकाे मुल्यमा २ रुपैया प्रतिलिटर वढाएर १२० प्रतिलिटरमा बेेचिरहेकाे छ ।

 5,055 total views,  4 views today

Related posts