स्वावलम्वन लघुवित्त वित्तीय सस्थाले गर्याे अन्तरक्रिया कार्यक्रम

सुनिता रखाल, चौतारा ।

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडकाे उपशाखा दोलालघाटको केन्द्रमा  अन्तरक्रिया कार्यक्रम बिहिवार  सम्पन्न भएकाे छ ।

साे सस्थाकाे देश भरी ६१ जिल्लामा १४० शाखाहरू रहेको छ ।  यस संस्थाले ग्रामीण भेगमा रहेका महिला दिदीबहिनीहरुलाई वित्तीय कारोबारमा संलग्न गरि उद्यमी बनाउनको लागि संचालित कार्यक्रम मध्ये उपशाखा कार्यालयले  सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्वर १०,११,१२,१४ र काभ्रे जिल्लाको भुम्लु गाँउपापालिका अन्तर्गतका ६३ वटा केन्द्रहरुको केन्द्र प्रमुख/ उप प्रमुख हरुलाई सहभागी गरि दुई दिने कार्यक्रम  दोलालघाट स्थित रोजमनी होटलमा साे कार्यक्रम सम्पन्न गरेको छ।

त्यसैगरि  साे कार्यक्रममा संस्थामा आबद्ध कर्मचारीहरु संस्थाको कार्यक्रममा आबद्ध  ८० जना महिलाहरुको सहभागिता रहेको थियो ।   साे कार्यक्रमको अध्यक्षता संस्थाको कार्यक्रममा संलग्न जेष्ठ सदस्य श्री पूर्णमाया श्रेष्ठले  गर्नु भएको थियो । त्यसैगरि साे कार्यक्रमकाे  मूल्यांकन कर्तामा सिता खत्री ले, गर्नु भएको थियो, कार्यक्रमको मुख्य वक्ताको रूपमा उपशाखा कार्यालयको कार्यालय प्रमुख श्री सुरेन्द्र विष्टले वित्तीय संस्थाको बारे, केन्द्र प्रमुखको काम कर्तव्य,असल केन्द्रमा हुनुपर्ने गुणहरू र केन्द्रका साथै सफल उद्यमी बन्न उत्प्रेरित गर्नुको साथै संस्थाले दिएका विभिन्न सुविधाहरु( सदस्य/ श्रीमान बीमा सुविधा, घर आगलागि तथा बाढी पहिरोको सुविधा, छात्रवृत्तिको सुविधा, तथा गरीब तथा असहाय वर्गका लागि सामाजिक उत्तर दायित्व साथै  वित्तीय साक्षरता कार्यक्रमहरुको बारेमा प्रष्ट पार्नु भएको थियो , उक्त कार्यक्रममा यस शाखा भरिका करिब १४०० सदस्य दिदीबहिनीहरुको छोरा छोरी मध्य २०७६/७७ सालकाे एस ई ई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल  केन्द्र न ३५ को सदस्य श्री देबकी पराजुलीको छोरी रेणुका पराजुलीलाई प्रमाणपत्र नगद सहित सम्मान गरेको थियो । कार्यक्रम सञ्चालन त्यसै शाखामा कार्यरत सहायक कर्मचारी नारायण रेग्मीले गर्नु भएको थियो ।

 4,530 total views,  2 views today

Related posts