नयाँ वर्ष २०७८ सालको शुभकामना

जनतापत्र, चौतारा ।
आजबाट बिक्रम संवत् २०७८ को नयाँ वर्ष शुरु भएको छ । वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालीले एकापसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् ।
गएको वर्ष गरेका कामको सफलता÷असफलता, राम्रो । नराम्रोक कार्यको मूल्यांकन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं संकल्प गर्ने दिनको रुपमा पनि नयाँ वर्षलाई लिने गरिन्छ ।
नयाँ वर्षको पहिलो दिन सिन्धुपाल्चोकका विभिन्न मन्दिरहरुमा पूजा गर्नेहरु पनि उल्लेख्य देखिन्छन् ।
यस वर्ष पनि कोरोना संक्रमणको जोखिम कायमै रहेकाले सरकारले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गरी नयाँ वर्ष मनाउन सबैलाई अनुरोध गरेको छ ।
सोही उपलक्ष्यमा जनतापत्रका सम्पादक टीका सुवेदीले आम पाठक, विज्ञापनदाता र शुभचिन्तकहरुमा सुख, शान्ती, समृद्धि र उत्तरउत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन ।

 805 total views,  2 views today

Related posts