प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रले मनायो मेलमिलाप दिवश

जनतापत्र, चौतारा ।
प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र, नेपालले सातौ मेलमिलाप दिवशको अवसरमा अन्तरक्रिया कार्यक्रम संचालन गरेको छ ।
दिगो शान्तीको लागी उन्नत सम्वन्ध भन्ने मुल नाराका साथ वहुसरोकार वाला र सामुदायिक मेलमिलापको क्षेत्रमा काम गरिरहेको सो संस्थाले वैशाख १ गते मेलमिलाप दिवसको अवसरमा ‘समृद्ध नेपाल निर्माणमा मेलमिलापको महत्व’ बिषयक अनलाईन अन्तरक्रिया गरेको हो ।
सो अन्तरक्रिर्यामा न्यायीक समिति सदस्यहरु, मेलमिलापकर्ताहरु, एवं मेलमिलाप अभियानमा कृयाशिल ब्यक्तित्वहरु सहभागी हुनु भएको थियो ।
अनलाई जुमका माध्यमवाट संचालन भएको कार्यक्रममा आफ्नो अमूल्य समय दिई आफ्ना विचारहरु प्रस्तुत गनुहुने सर्वोच्च अदालतका रजिष्ट्रार एवं मेलमिलाप परिषद्का सदस्य सचिव नारायण प्रसाद पन्थीले मेलमिलापको प्रभावकारीता र यसको विकासमा सरकारको भूमिका महत्वपुर्ण हुनुपर्ने वताउनु भएको छ ।
त्यसै गरी बरिष्ठ अधिवक्ता एवं मेलमिलाप बिज्ञ डा. कुमार शर्मा आचार्यले मेलमिलाप कार्यक्रमलाई स्थानीय तहसम्म लानको लागी अभियानकर्मीहरुले उल्लेखीय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको छ ।
अन्तक्रिर्यामा प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र, नेपालका कार्यकारी निर्देशक चुपवहादुर थापाले नेपालका सवै स्थानीय तहसम्म मेलमिलाप कार्यक्रम संचालन गर्ने वताउनुभयो । त्यसका लागी स्थानीयतहहरुले योजना निर्माण गर्नसके मुलुक शान्त र समृद्ध वन्न सहयोग पुग्ने वताउनुभयो ।

 993 total views,  2 views today

Related posts