वडा अध्यक्ष कप फुटवल प्रतियोगिता जल्किनि खेल मैदानमा सम्पन्न ।

जनतापत्र संवाददाता, चौतारा ।

चौतारा साँगाचाेकगढी नगर पालिका वडा नम्वर १० मा नगरपालिका स्तरीय वडा अध्यक्ष कप फुटबल प्रतियोगिताकाे अन्तिम खेल बुधवार जल्किनी खेल मैदानमा सम्पन्न भएकाे छ ।


साे कार्यक्रमकाे प्रमुख अतिथि नगर प्रमुख अमान सिंह तामाङले नगरपालिकाकाे खेल क्षेत्रकाे विकासकाे लागि अाफुले कुनै कसर बाकि नराख्ने धारणा व्यक्त गर्नुभयाे । साथै उत्साहकाे साथ फुटबल प्रतियोगितामा सहभागी हुने युवाहरुलाई धन्यवाद समेत ब्यक्त गर्नुभयाे ।

चौतारासागाँचाेकगढि नगरपालिकाकाे एक वडामा एक खेल मैदान भन्ने नारालाई सफल वनाउन १० नम्वर वडाले वडाकाे खेल मैदानमा खेल खेलाएर खेलमैदानको उद्घाटन गरेकाे साे वडाका वडा अध्यक्ष बेल बहादुर महतले वताउनुभयाे । साथै खेलाडीकाे क्षमता कस्ताे र वडा सरकारले खेलकाे क्षेत्रमा गर्नुपर्ने कामकाे पहिचान गर्न यश कार्यक्रमले महत्त्वपूर्ण भुमिका खेलेकाेमा अाफु विस्वस्त रहेकाे समेत वडा अध्यक्ष महतले वताउनुभयाे ।

साे खेलमा बिजेता टिम चौतारा साँगाचाेकगढी नगरपालिका वडा नम्वर ५ ले पचासहजार रुपैया नगत सहित शिल मेडल र प्रमाणपापत्र हात पार्न सफल भएकाे थियाे भने उपविजेता टिम चौतारा साँगाचाेकगढी नगरपालिका वडा नम्वर १२ ले २५ हजार नगत सहित सिल मेडल र प्रमाणपत्र हात पारेका थिय ।

साे खेल चैत्र २७ गते शुक्रबार सुरु गरेर बैशाख १ गते बुधबार समापन गरेकाे हाे । साे खेलमा नगर का १२ टिमकाे सहभागिता रहेकाे थियाे ।

साे प्रतियोगिताकाे अन्तिम खेल चौतारा सागाँचाेकगढि नगरपालिका वडा न ५ र वडा नम्वर १२ को प्रतिस्पर्धा भएको थियो । साे खेलमा वडा नम्वर ५ चौताराले सुन्यकाे विरुद्ध ३ गोल गरि वडा नम्वर १२ सागाचाेककाे टिमलाई पराजित गरेकाे थियाे ।
साे खेल उद्घाटन र समापन सहाराेहमा साे नगरका नगर प्रमुख अमान सिंह तामाङ प्रमुख अतिथि हुनुहुन्थ्यो । साे खेलकुद कार्यक्रमकाे संयाेजन वडा खेलकुद विकास समितिले गरेकाे थियाे ।

 2,336 total views,  2 views today

Related posts