फेरी कोरोनाको त्रास फैलियो -कोरोना संक्रमित ६०३ थपिए

होम सुवेदी, काठमाडौं ।
पछिल्लो २४ घण्टामा थप ६०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार ४ हजारअनुसार २ सय ८९ जनाको परीक्षण गर्दा ६ सय ५ जनामा संक्रमण पुष्टि भएको हो ।
सो मध्ये काठमाडौं उपत्यकामा २ सय ५४ मा संक्रमण पुष्टि भएको छ भने भक्तपुरमा २०, ललितपुरमा ६१ र काठमाडौंमा १ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
४ सय ५१ जनाको एन्टीजेन परीक्षण गर्दा २३ जना र पीसीआर विधिबाट ५८० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । त्यसमध्ये उपत्यकामा ८० जना आइसीयुमा रहेका छन् २५ जना भेन्टिलेटरमा रहेका छन् । हालसम्म कोरोना संक्रमण मुक्त हुनेका दर ९७.५ प्रतिशत पुगेको छ ।

 3,346 total views,  4 views today

Related posts