सिन्धुमा एमालेका दुवै समुह सक्रिय, संयुक्त कार्यालय वनाउदैं एकताको सन्देश

जनतापत्र, चौतारा ।
सिन्धुपाल्चोक जिल्लामा पछिल्लो समय राजनैतिक गतिविधी तिव्ररुपमा संचालन भइरहेको छ । विशेषत दुइवटा गुटमा प्रष्ट देखिएको नेकपा एमाले आफ्नो गुटगत संगठन निमार्णमा लागीरहेका छन ।
ओली खेमाको चैत २६ गते र माधव खेमाको चैत्र २७ गते वसेको जिल्ला कमिटीको वैठकले विभिन्न निर्णय गर्दै संगाठानीक कार्यमा होमिएको छ ।
पार्टी भित्र गुटगत स्वार्थमा नेताहरु लागेको आरोप तल्लो स्तरका मतदाताले लगाईरहदाँ पनि माथिल्ला तहका नेताहरुको चेत खुल्न नसकेको एमालेकै नेताहरुले वताउन थालेका छन । एकतामा वल हुन्छ भन्ने मान्यता त्यागेर व्यक्तिगत पदिय स्वार्थमा लागेका गुटीया नेतृत्वको आलोचना पनि एमाले भित्र तिव्रगतिमा चलिरहेको छ ।
जिल्लाका केही पालिकाहरुमा संयुक्त कार्यालय स्थापना गरेको एकताको सकरात्मक शन्देस पनि एमालेल दिएको छ । आलोचना, आत्मा आलोचना गर्ने तर संगठन एकतावद्ध वनाउन पर्छ भन्ने एमाले भित्र ठुलो पंक्ती रहेको छ ।

 4,527 total views,  2 views today

Related posts