हेलम्बुमा एमालेले शुभारम्भ गर्‍यो कार्यालय

जनतापत्र, हेलम्बु ।

नेकपा एमाले हेलम्बुले आजबाट  पार्टी कार्यालय औपचारिक रुपमा  शुभारम्भ गरेको छ।
नेकपा एमाले गाउँपालिका कमिटीको बैठक सम्पन्न गर्दै हेलम्बु गाउँ पालिका कार्यलय किउलमा राखेको छ भने ७ नम्बर वडा कमिटी र पालिका स्तरीय युवा संघ र अनेरास्ववियुको संयुक्त कार्यालय चनौटेमा शुभारम्भ गरिएको एमाले जिल्ला कमिटी सदस्य तथा हेलम्बु गाउँपालिका सचिब अर्जुन कुमार भण्डारीले जानकारी दिनुभयो।

सो बैठकमा पार्टी जिल्ला कमिटी सदस्यद्वय सुर्यमान तामाङ, छिरिङ्गग्याल्बु लामा ,अनेरास्ववियु जिल्ला संयोजक रबि भण्डारीको उपस्थिति रहेको थियो। सो बैठक पस्चात सचिब अर्जुन भण्डारीले निकालेको बिज्ञप्ति यसप्रकार छ। नेपाल कम्युनिस्ट पार्टी (एमाले)हेलम्बु गाउँंपालिका कमिटी को बैठक जिल्ला कमिटी सदस्य सुर्यमान तामाङको अध्यक्षता बसेको छ ।
  बैठकले पार्टी पुनर्गठनका सन्दर्भमा,जनजिविका,बिकास निर्माण  एवं हेलम्बुबासीको जिवनसँग प्रत्यक्ष सरोकार राख्ने बिषयमा महत्वपुर्ण छलफलका साथ निर्णय गरिएको बिषय यहि बिज्ञप्तिमार्फत सार्वजनिक गरेको छु।
१)नेकपा एमाले हेलम्बुको भेला नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसर पारेर बैशाख ९ गते चनौटे बजारमा आयोजना गरिने छ।
२)किसानहरुको माना रोपेर मुरी फलाउने समयमा रासायनिक मलको हाहाकार देखिदैं छ।त्यसलाइ तत्काल सहजता तुल्याउन तथा बीउ बिजन,कृषि औजारको सहज उपलब्धताको निम्ति सम्बन्धित निकायको ध्यान आकर्षण
गर्ने निर्णय गरिएको छ।
३)पालिकाभित्र संचालित जनतासँग प्रत्यक्ष सरोकार राख्ने सार्वजनिक क्षेत्र (पुलपुलेसा ,सडक ,सिंचाइ,पाटिपौवा,मन्दिर,बिधालय,पुर्वाधार,स्वास्थ्य क्षेत्र ,गुम्बा इत्यादि )अनिमियतताको ब्यापक जनगुनासो आइरहेको हुँदा नागरिक समाज,बुद्धिजीवी ,राजनैतिक दलका प्रतिनिधि सम्मिलित संयन्त्र बनाइ निष्पक्ष छानवीन गरि दोषी उपर कडा कार्वाही गर्न ध्यान आकर्षक गरिएको छ।
४)मेलम्ची खानेपानी पथान्तरण गरिसक्दा पनि स्थानिय प्रभावितले पाउने लेवि,रोयल्टी,बिकाश निर्माणको ग्यारेन्टी लगायतका बिषयमा कुनै सर्त सहमती नभएको तथा मुख्य सडक कालोपत्रेसहितको स्तरोन्नति गर्न पार्टी कमिटी सचिव क.अर्जुन भन्डारीको संयोजकत्वमा ५०१ सदस्यीय खानेपानी सरोकार संघर्ष समिती गठन गरिएको छ।
५)सन्मुखमा आइरहेको संघिय ,प्रदेश  तथा स्थानिय सरकारमार्फत हुने नीति तथा कार्यक्रम एवं बजेट ,पालिकाभित्र  जरुर बिकास योजनाको संयोजन,पहल प्रयत्न एवं सम्बन्धित निकायको ध्यानकर्षण गर्न जिल्ला कमिटीका सदस्य क.छिरिङग्याल्बु लामालाई संयोजक तोकियो।
६)राज्यबाट बितरित सामजिक सुरक्षा भत्ता प्राप्त गर्नेहरु ब्यक्तित्वहरुलाइ सडकको यात्रा,बैंकको लाइन एवं प्रशासनिक झन्झट बारे व्यापक गुनासो आएको हुँदा यसलाइ सहजताको उपाय अबलम्बन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गरिने छ।
७)गाउँपालिकाको पार्टी कार्यालय हेलम्बु-२ किउल बगरमा संचालन गर्ने तथा युवासंघ,अनेरास्ववियु एवं वडा न ७ को संयुक्त कार्यलय चनौटे बजारमा राख्ने निर्णय गरिएको छ।
८) माथी उल्लेखित जनतासँग परोक्ष सरोकार राख्ने बिबिध समस्याबारे गाउँपालिका,जनप्रतिनिधि एवं सम्बन्धित निकायमा तत्कालै ध्यानाकर्षण पत्र बुझाउने निर्णय भएको सम्बन्धित सबैमा जानकारी गराइन्छ।
                                                 
    

 4,565 total views,  2 views today

Related posts