पर्यटकिय एव: पवित्र धार्मिक स्थल पाँचपोखरी क्षेत्रमा हेलिप्याड निर्माण कार्य हुँदै ।

जनतापत्र संवाददाता, पाँचपाेखरी ।

पाँचपोखरी थाङपाल गाउँपालिकाको पर्यटकिय एव: पवित्र धार्मिक स्थल पाँचपोखरी क्षेत्रमा हवाई पर्यटकहरुको सहजताका निम्ति हेलीप्याड निमार्णको काम भइरहेको छ ।


विश्व सम्पदा सुचिमा सुचिकृत उत्कृष्ट सय भित्र पर्ने पर्यटकीय गन्तव्यको रुपमा स्थापित भए संगै साे स्थानमा हवाई पर्यटकहरुलाई सुविदा दिनको लागि हेलिप्याड निमार्ण कार्य अगाडि बढाईएको र पर्यटकहरुलाई आवश्यक सेवा दिनको लागि सामुदायिक भवन र पैदलयात्रीहरुलाई सहजताको लागि गोरेटो वाटोलाई सुदार गर्ने कार्यपनि सुरु गरेको सो गाँउपालिकाकाे अध्यक्ष टासि लामाले जानकारी दिनुभयो ।


मौषम प्रतिकुलताको बावजुत पनि हेलीप्याड निर्माण कार्य धमाधम भईरहेेेेेकाे छ । संघिय सरकारको सस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयवाट पर्यटन प्रबर्धनकाे लागि हेलिप्याड निमार्ण, सामुदायिक भवन र गोरेटो वाटो सुधार गर्न ९० लाख रुुुपैया वजेटको व्यवस्था मिलाइएको सो गाउँ पालिका वडा नम्वर ३ को वडा अध्यक्ष निङ्मा छिरिङ तामाङले जानकारी दिनुभयो ।


हेलिप्याड निमार्ण कार्य, गोरेटोवाटो सुधार र सामुदायिक भवन निमार्ण भए पश्चात सो स्थानमा पर्यटकहरुको उपस्थिती राम्रो हुने र पाचँपोखरी गाँउपालिकाको आर्थिक समृद्धिको लक्ष्य पुरागर्न सहयोग पुर्याउने उदेश्य राखिएको पाचपोखरी पर्यटन प्रबर्धन विकास समितिको अध्यक्ष सुवास तामाङले जानकारी दिनुभयो ।


सो कामको लागि ठेक्का आव्हान भएर घटिघटाउमा काम भएता पनि स्थानीहरुले नै कामको जिम्मा लिएर तिव्ररुपमा काम गरिरहेको सो वडाका वडा अध्यक्ष निङ्मा छिरिङ तामाङले जानकारी दिनुभयो ।

 5,243 total views,  2 views today

Related posts