नेपाल खेलकुद महासंघको केन्द्रीय सचिवमा सिन्धुपाल्चोकका शुक्रराज

जनतापत्र , चौतारा ।

नेपाल खेलकुद महासंघको केन्द्रीय सचिवमा सिन्धुपाल्चोकका शुक्रराज प्याकुरेल चयन भएका छ्न ।

नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघको राष्ट्रिय कार्यकर्ता भेला गत बैसाख ७ गतेका दिन ७७ जिल्ला तथा बिभिन्न खेल संघहरू बाट एक हज़ार दुई सय प्रतिनिधि तथा पर्यवेक्षकको उपस्थितीमा काठमाण्डूस्थित राष्ट्रिय सभा गृहमा भव्यरूपमा सम्पन्न भएको थियो।

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री के पी ओलीको शुभकामना सन्देश मार्फ़त शुरू भएको भेलाले महासंघको ‘संशोधित बिधान-२०७८’ सुझाव सहित सर्वसम्मति पास गर्दै रमेश पौडेलको अध्यक्षतामा नयॉ केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ । सोही क्रममा नेकपा एमालेका लोकप्रिय युवा नेता शुक्रराज प्याकुरेललाई केन्द्रीय सचिब चयन गरेको थियो ।

 5,016 total views,  4 views today

Related posts