मेलम्चिका अधिकाशं क्रसरहरु मापदन्ड विपरीत

जनतापत्र, मेलम्ची ।
मेलम्ची नगरपालिका क्षेत्रको इन्द्रावती नदिका अधिकाशं क्रसरहरु मापदण्ड विपरीत सन्चालन भैरहेको छ ।
धेरैजसो क्रसरहरुले नियम विपरीत नदीको धार नै परिवर्तन हुने गरी नदिजन्य पदार्थ उत्खनन् गर्नाले सयौँ रोपनी खेतीयोग्य जमिनमा सिँचाइको अभाव हुने गरेको र वातावरणमा समेत नकारात्मक प्रभाव परेको स्थानीयहरुले गुनासो गर्दै आएका छन् ।

सोहि सन्दर्भमा नगरपालिकाका प्रमुख डम्बर अर्याल, उप प्रमुख भगवती नेपाल, सम्बन्धित वडाका वडा अध्यक्ष लगायत सुरक्षाकर्मी तथा पत्रकारहरुको संयुक्त टोलीले नगरक्षेत्रभित्र सञ्चालित ८ वटा क्रसरहरुको विहीबार अनुगमन गरेको छ ।

अनुगमनका क्रममा मेलम्ची– १३ फटकशिलामा सञ्चालित एकोन क्रसर एग्रिगेट प्रा.लि.ले मापदण्ड विपरित पोखरीहरु निर्माण गरी नदी उत्खनन् गरेको पाइएको छ । त्यस्तै मेलम्ची फट्केश्वर इन्द्रावती स्टोन प्रा.लि.ले नदीको धार नै परिवर्तन गराई अत्यधिक गहिराइमा उत्खनन् गरेको भेटिएको छ । मापदण्ड विपरित उत्खनन कार्यमा प्रयोग भएका उक्त क्रसर उद्योगका एक्साभेटरहरु नियन्त्रणमा लिई रु ५० हजार दण्ड जरिवाना गर्ने निर्णय गरिएको मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले बताउनु भएको छ । 
तीनपिप्ले निर्माण सेवा, सोना क्रसर उद्योग प्रा.लि.जाल्पा इन्फ्रास्ट्रकचर प्रा.लि. र पाल्चोकीमाई रोडा ढुङगा उद्योग प्रा.लिले मापदण्ड भन्दा बढी नदीजन्य पदार्थ उत्खनन् गरेको पाइएपछि वैशाख १८ गते भित्रमा बढी उत्खनन् भएको ठाउँका खाल्डा पुर्न निर्देशन प्रमुख अर्यालले दिनुभएको छ ।
त्यस्तै गंगा इन्द्रावती क्रसर उद्योग प्रा.लि. र जाल्पा इन्फ्रास्ट्रकचर प्रा.लि लाई नदिजन्य पदार्थ उत्खनन्मा हाललाई प्रतिबन्ध लगाइनुका साथै अनुगमनका क्रममा एकमात्र पाल्चोकमाई इन्फ्रास्ट्रकचर प्रा.लि.ले मापदण्ड भित्र रहेर नदीजन्य पदार्थ उत्खनन् गरेको पाइएको उहाँले जानकारी दिनुभयो ।

हिउँदमा मापदण्ड विपरीत उत्खनन् हुने र बर्षायाममा नदीबाट बालुवा लगायत नदिजन्य पदार्थको अबैध रुपमा चोरी निकासी बढ्न सक्ने भन्दै प्रहरीले सोको नियन्त्रणको लागि तयारी थालेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख प्रहरी निरीक्षक टिकाराम राईले जानकारी दिए ।
क्रसर सन्चालकहरुको यस्तो बर्बताले नदि संरचना र आसपासका समुदाय मारमा पर्ने अनुगमन टोलिको ठम्याइ रहेको छ । 

 4,142 total views,  2 views today

Related posts