अाईसाेलेसनलाई व्यवस्थित गर्दै सिन्धुकाे स्थानीय तहहरु

जनतापत्र संवाददाता, चौतारा ।

जिल्ला समन्वय समितिको पुरानो भवनमा ९ वेडको आइसोलेशन वार्ड साेमवारवाट संचालनमा ल्याउनेगरि तयार गरिएको छ ।
सो आइसोलेशन वार्डमा अक्सिजन सहितको व्यवस्था हुने जिल्ला समन्वय समितिकाे प्रमुख कृष्ण गाेपाल तामाङले जानकारी दिनुभयाे ।
सिन्धुपाल्चोक जिल्लाको चौतारामा २६ वेडको आइसोलेशन वार्ड तयार भईसकेकाे छ । चौतारा साँगाचोकगढी नगरपालिकाले फिल्ड ट्रेनिङ सेन्टर रहेकाे भवनमा १२ वेडको आइसोलेशन र चौतारा अस्पतालमा ५ वेडको आइसोलेशन वार्ड यस अघिनै तयार गरिसकेकाे चौतारा अस्पताल संचालक समितिकाे अध्यक्ष ईश्वरी श्रेष्ठले जानकारी दिनुभयाे ।

त्यसैगरी जुगल गाउँपालिका र बलेफि गाउँपालिकाले सयुक्त रुपमा अाईसाेलेसन वार्ड वनाउने भएकाे छ ।
साेमवार वलेफी गाउँ पालिकाकाे कार्यलयमा वसेकाे गाउँपालिका अध्यक्ष स्तरीय सयुक्त वैठकले बढ्दाे कोरोना संक्रमणलाई मध्यनजर गर्दै २० शैयाको अक्सिजन सहितको अस्थायी आइसोलेसन, ५० शैयाकाे सामान्य अाईसाेलेसन केन्द्र रत्नराज्य माध्यामिक विधालयकाे अावासिय भवन चनौटेमा सन्चलान गर्ने निर्णय गरेकाे वलेफी गाउँ पालिका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिनुभयाे ।


साे वैठकले सामुहिक क्वारेन्टाइन हाल संचालन नगर्ने बाहिरवाट अाएका र संभावित सक्रमितहरुलाई स्वास्थ्य मापदण्ड पालना गरेर कडाईका साथ हाेम क्वारेन्टाइनमा वस्न सुचित गर्ने निर्णय गरेकाे जुगल गाउँ पालिकाकाे अध्यक्ष हाेमनारायण श्रेष्ठले वताउनुभयाे ।


साे बैठक वलेफी गाउपालिकाकाे उपाध्यक्ष कमला कायस्थ , जिल्ला स्वास्थ्य कार्यलयकाे प्रमुख दुर्गादत्त चापागाईं सहितको उपस्थितिमा भएको हाे ।
एम्बुलेन्स सेवा आवश्यक भएमा १०२ नम्बरमा सम्पर्क राख्न सकिने जिल्लाक प्रमुख डाक्टरले जानकारी दिनु भयाे ।

 1,427 total views,  2 views today

Related posts