अहिले रोगवाट सुरक्षित वसौँ अरू काम पछि गरौला–उपप्रमुख शुशिला पाख्रिन

जनतापत्र, वाह्रविसे ।

सोमवार आफ्नो सामाजिक संजाल फेसवुक मार्फत बाह्रबिसे नगरपालिका उपप्रमुख शुशिला पाख्रिनले नगरवासिलाई सुरक्षित रहन अनुरोध गर्नुभएकी छिन् । साथै उहाँले आफु वच्न र अरुलाई वचाउन आबश्यक सहयोग गर्नको लागि सहयोगि मन भएको व्यक्ति र सस्थाहरुलाई अपिल समेत गर्नुभएकी छिन् ।
उपप्रमुख पाख्रिनले आफ्नो भनाइ यसरी व्यक्त गर्नुभएकी छिन् ।

कोभिड–१९ संक्रमणवाट वच्न र वचाउनको लागि स्थानीय सरकारको क्षमताले भ्याए सम्म आवश्यक तयारीमा जुटिरहेका छौ।
पुर्ण तयारी हुनको लागि अझै धेरै बाकी छ । कोही मन भएका इच्छुक सहयोगि दाताहरू, विभिन्न संघ संस्थाहरू हुनु हुन्छ भने अति आवश्यक पल्स अक्सिमिटर, अक्सिजनको सिलिण्डर, ईलेक्ट्रिक अक्सिजन कन्सन्ट्रेटर मेशिन लगायत स्वास्थ सामाग्रीहरू सहयोग गर्न हार्दिक अनुरोध गर्दछु । यो महाबिपत्ती रोग संग सबै मिलेर सामाना गरौ आफू बचौ र अरूलाई पनि बचाऔ । हामी सबै बाच्यौ भने अरू काम पछि गरौला ।
बाह्रबिसे नगरबासी आमाबुवा, दाजूभाई, दिदिबहिनी सम्पूर्णलाई उच्च मनोबलका साथ स्वास्थ्य मापदण्ड पूरा गरेर आफ्नो घरमा सुरक्षित रहनु होला ।

 1,317 total views,  2 views today

Related posts