सिन्धुका बाढी पहिरो पीडितलाई ४ लाख दिने

जनतापत्र, चौतारा । बाढी पहिरो पीडितले निजी आवास निर्माणका लागि ४ लाख पाउने भएका छ। विपदमा परेर घरबार गुमाएकाहरुको निजी आवास निर्माण गर्न सरकारले अनुदान दिने भएपछि पीडितले आवास निर्माणका लागि ४ लाख पाउने भएको हो ।
सिन्धुपाल्चोकसहित सरकारले बाढी पहिरोबाट घरबार गुमाएका २२ जिल्लाका पीडितको नीजि आवास निर्माण गर्ने भएको छ । घर पूर्ण रुपमा क्षति भएकाले हिमाली जिल्लामा ५ लाख, पहाडमा ४ लाख र तराईमा ३ लाख पाउने भएका छन् ।
सिन्धुपाल्चोकको हकमा पीडितले पहिलो किस्ता ५० हजार, दोस्रो २ लाख ५० हजार र तेस्रो २ लाख पाउनेछन् । यो आवास निर्माणको कार्यप्रगति हेरेर प्रदान गरिनेछ ।

 551 total views,  2 views today

Related posts